युरोप बस्ने पर्बतेलीहरुको युरोप स्तरिय भेला हुदै

इनेप्लिज २०७४ वैशाख १२ गते १४:२८ मा प्रकाशित

स्वीटजरल्याण्ड । पर्बत जिल्लाबाट युरोप आई स्थायी तथा अस्थाई बसोबास गर्ने पर्बतेलिहरुको युरोप स्तरिय भेला हुने भएको छ । पर्बतका गाउँ, शहरदेखि युरोपको हरेक देशमा रहनु भएका पर्बतेलिहरु बीच समन्वय गरि एकता, सद्भाव एवं बन्धुत्वलाई फराकिलो पार्न उक्त भेला गर्न लागिएको हो । उक्त भेलाले पर्बतको सामाजिक, आर्थिक क्षेत्रमा टेवा पुग्ने खालको गतिविधिमा सहयोग हुने आशा गरिएको छ ।

सम्बृद्द पर्बत निर्माणमा हाम्रो अभियान” भन्ने मुल उद्देश्यका साथ आगामी ३० अप्रिल आईतबारका दिन बेल्जियमको आन्तरपेन शहरमा हुने भएको हो । पर्बत समाज बेल्जियमको अधिबेशन तथा पर्बतेलीहरूको “युरोप स्तरिय भेलामा “युरोप स्थित सम्पुर्ण पर्बतेलि दाजुभाई तथा दिदीबहिनीहरू लाई उपस्थित भैदिनुहुन पर्बत समाज बेल्जियमका अध्यक्ष कुमार जोशीले आग्रह गर्नु भएको छ ।

जोशीले भन्नु भयो – ब्यक्तिहरुलाई एउटै छातामुनि समेटेर बिभिन्न सामाजिक कार्यहरु गर्ने अभिप्रायले पर्बतेलिहरुको युरोप स्तरिय भेला गर्न लागिएको हो । उक्त भेलामा स्पेन, पोर्तुगल ,स्वीटजरल्याण्ड , फ्रान्स , बेलायत,अष्ट्रीया ,इटाली ,डेनमार्क ,नेदरल्याण्ड लगायत युरोपमा रहेका विभिन्न देशहरु बाट पर्बतेलिहरुको उपस्थित रहने छ ।

प्रतिक्रिया