मंगलबार, साउन १९ २०७८
काठमाडौं २३:४९
वासिङटन डिसी 14:04

जीवनका रंगहरु ( Colors of Life)-विक्रम गौतम एवं उषा गौतम

इनेप्लिज २०७४ वैशाख ९ गते १०:५३ मा प्रकाशित

जीवनका रंगहरु ( Colors of Life) अमेरिकाको विभिन्न राज्यहरुमा बसोबास गरि रहनु भएका नेपाली मूलका अमेरिकी जोडी ( Couple)सँग गरिएको कुराकानीका आधारमा तयार पारिएको प्रस्तुती हो l यो प्रस्तुतीमा हामी जीवनलाई समेट्ने विभिन्न रङ्हरु, आयामहरु अनी जीवनलाई हेर्ने सही दृष्टिकोणका बारेमा कुराकानी गर्नेछौ l

यसै शृंखला अन्तर्गत आज हामी समक्ष हुनुहुन्छ – नर्थ क्यारोलाइना राज्यमा बसोबास गर्नु हुने विक्रम गौतम एवं उषा गौतम l प्रस्तुत छ वहाँहरुको विचारमा के हुन त जीवनका रङ्गहरु –

१) जीवन (Life) के हो ?

कहिले आँसु कहिले हाँसो, कहिले बिछोड कहिले मिलन।
सातै रङ्ग इन्द्रेणी झैँ, घामपानी हो हाम्रो जीवन।।

२) खुशी (Happiness) के हो ?

मनको चाह पुरा हुँदा, गर्ने मिठो अनुभूति ।
भोको हुँदा खाना खुशी, नाङ्गो हुँदा नाना खुशी।।

३) कर्तव्य (Responsibility) के हो ?

स्वयं प्रति परिवार प्रति, समाज प्रति राष्ट्र प्रति।
वहन गर्ने जिम्मेवारी, कर्तव्यको अर्थ यत्ति ।।

४) सम्बन्ध (Relationship) के हो ?

आशा भरोसा माया सद्भाव, विश्वास र इमान्दारी।
सबैको समिश्रण भए, कसिने भावनाको डोरी ।।

५) आत्मीयता (Intimacy) के हो ?

मित्रता, सामीप्यता, सम्बन्धमा माधुर्यता।
एउटा जता अर्को त्यता, त्यहि हो आत्मीयता।।
आजको शृंखलामा यतिनै l अर्कोपटक फेरी अर्को जोडीलाई लिएर आउने छौ l त्यतिन्जेल्का लागि विश्राम l सबैको जीवनमा खुशीका रन्ङहरु भरिउन, सफलताले शिखर चुमुन अनि आत्मविश्वासले गहिराइ नछोडुन, सबैमा हार्दिक हार्दिक शुभकामना l प्रतिक्षा गर्नुहोस् अर्को पालो तपाईंको हुनसक्छ l

प्रस्तुतकर्ता,सुवास ढकाल :

प्रतिक्रिया