छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

इनेप्लिज २०७४ वैशाख ४ गते ६:१९ मा प्रकाशित

नवलपरासी, ४ वैशाख । नवलपरासीमा भएको दुईवटा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

सुनवल नगरपालिका–१२ बडेरास्थित पूर्व–पश्चिम राजमार्गमा पिकअप भ्यानले ठक्कर दिँदा एकजनाको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ आइरहेको ग२च २६ ५४ नंको पिकअप भ्यानले खाना खान रोकेको ना५ख ३८३६ नंको बसका सहचालक सुर्खेत पिपराका अन्दाजी १८ वर्षीय महेन्द्र बुढालाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

गएराति भ्यानको ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

यस्तै गएराति गैँडाकोट–१२ हर्कपुरस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

ना२०प ४२५१ नंको मोटरसाइकलले साइकलमा सवार सोही ठाउँ बस्ने ५२ वर्षीय रविलाल पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पौडेलको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा आज बिहान मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल, पिकअप भ्यान र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । रासस

प्रतिक्रिया