अमेरिकावासी प्रिय नेपाली दाजु भाई दिदी बहिनीहरु
जय नेपाली एकता
विस्वको सब भन्दा पुरानो र प्रभावशाली नेपालीहरुको अन्तरराष्ट्रिय संस्था गैर आवाशिय नेपाली संघ, प्रवासमा रहने हामी सबै नेपालीको छाता संगठन हो र साझा चौतारी हो। बिगत १४ बर्ष देखी अस्तित्वमा आएको यो संस्था नेपाली मात्रको लागि उपयोगी संस्था हो। आप्रवासन सम्बन्धमा अमेरिकाको वर्तमान अन्योलपूर्ण अवस्थालाई मध्य नजर गर्दा एन आर एन मार्फत नेपाली एकतालाई टेवा पुर्याउनु अपरिहार्य भएको छ। यो संस्थालाई जनप्रिय र उपयोगी बनाउनु हामी सबैको लागि फलदायी हुनेमा दुई मत छैन।
म सङ्ग परीचित मेरा इष्टमित्रहरुलाई मेरो समाजसेवा प्रतिको झुकाव र लगानी बारे जानकारी भएकै कुरा हो। यसै पृष्ठभूमीमा एन आर एन को आगामी नेत्रित्वको चयन हुन लागिरहेको वर्तमान परीप्रेक्षमा मैले पनि एन आर एन अमेरिकाको नेत्रित्व पँक्तीमा समावेस भई यो संस्था र नेपाली दाजु भाई दिदी बहिनिहरुको हात बलियो बनाउन एन आर निर्वाचनमा उम्मेदवारको रुपमा अघी आउने आकांक्षा राखेको कुरा विदितै होला भन्ने विश्वास लिएको छु। मैले साथीहरु सङ्ग सल्लाह सुझाव लिनको लागि महा सचिवमा उठे कसो होला भन्ने फेस बुक मार्फत सन्देश सम्प्रेशण गरेको थिएँ। यो बिच मेरा प्रिय मित्रहरुले अत्यन्त स्नेह र सह्रिदयता देखाउनु भएको लागी आभार व्यक्त गर्न चाहन्छु। यो विच फेसबुकको कमेन्ट भन्दा पनि बाहिर साथीहरुले अली फरक विचार समेत् सम्प्रेशण गरेकोले धेरै बिचार विमर्ष पस्चात मिती मार्च ४, २०१७ मा सान फ्रान्सिस्कोमा सम्पन्न एन आर एन को बिशेष समारोह मार्फत एन आर एन एन सि सि यु एस् को क्षेत्रिय उपाधक्ष पदमा उम्मेदवार दिएको कुरा सम्पूर्ण मित्रहरुमा अवगत गराउँदै सहयोगको लागि आव्हान गर्दछु।
मलाई लाग्छ, मेरो शैक्षिक योगता, समाजसेवामा मेरो लामो अनुभव र लगानीको आधारमा म यो पदको लागि योग्य तथा सक्षम छु। मलाई राम्रो सङ्ग नचिन्ने प्रिय नेपाली दाजु भाई दिदी बहिनीहरुसङ्ग परीचित हुने उत्कट इच्छा राख्दै तपाईंहरुको घर आङ्गनमा प्रत्यक्ष आएर, फोन, ईमेल तथा सामाजिक सन्जाल र संचार माध्यम मार्फत मेरो सन्देश पस्कने प्रण गर्दछु। सम्पूर्ण प्रियहरुलाई एन आर एन को सदस्यता लिन पनि हार्दिक अपिल गर्दछु। उम्मेदवारहरु मध्य मेरो उचित मुल्याङ्कन गर्दै, मलाई सेवा गर्ने मौका प्रदान गर्न हुन हार्दिक अपिल गर्दछु।
मणी नेपाली पनेरु
छेत्रीय उपाधक्ष उम्मेदवार
एन आर एन एन सि सि, यु एस् ए
मेरा प्रतिवद्दताहरु
१. राजनैतीक, धार्मिक, जातियता र क्षेत्रियता, लगायत सम्पूर्ण मतभेद भन्दा माथि उठेर मन बचन् र कर्मलेअमेरिकामा रहेका सम्म्पूर्ण नेपालीहरुको प्रतिनिधित्व गर्ने छु
२. युवा, विद्यार्थी, महिला तथा अन्य वर्गहरुको लागि छुट्टा छुट्टै प्रतिनिधिमूलक कार्यदलहरु गठन गरीसमस्याहरु सङ्ग जुध्न , नेपाली समुदायको सबलीकरण गर्न, र नेपाल र नेपाल र नेपालीको सर्वाङ्गिण उन्नतीकालागि, लागि पर्नेछु ।
३. पस्चीमी अमेरिकामा एक अधिकार सम्पन्न लघु राजदूतावास अथवा महा वाणिज्य दूतावासको स्थापना गर्नसम्बन्धित सम्पूर्ण निकायहरु सङ्ग सहकार्य गर्ने छु ।
४. टेक्सास राज्यको नेपालीहरुको घनावस्ती र जागरुकताको सम्मान गर्दै उपयुक्त स्थानमा चार्टर स्कूल स्थापनागर्न अमेरिकी सरकार सङ्ग पहल गर्ने छु।
५. NRN NCC USA को हात बलियो बनाउन तथा जनवाजको सम्मान गर्न अमेरिकामा नेपालीहरुको लागिकार्यरत बिभिन्न राजनैतीक, जातिय, आर्थिक एवम अन्य नन प्रफिट संस्थाहरुको निर्वाचन मार्फत एन आर एनकङ्रेस बनाउन सम्पूर्ण तप्कामा लबी गर्ने छु।
६. अमेरिकामा धेरै बर्ष देखी सेवारत छेत्रीय र राष्ट्रिय संस्थाहरु ए एन ए, ए एन एस्, नासा , अन्मा , वानालगायतका महत्वपूर्ण महासंघहरुको प्रतिनिधि सहित एन आर एन एन सि सि यु एस् को एक उच्च स्तरियअधिकार सम्पन्न निकायको स्थापना गर्न पहल गर्ने छु।
७. नेपालीहरुको घना बस्ती भएका न्यु योर्क टेक्सास र क्यालिफोर्निया लगायत का राज्यहरु बाट अन्य अल्पसँख्यक समुदायहरु सङ्ग समेत् गठबन्धन गर्दै अमेरिकाका स्ठानिय सरकारमा नेपालीहरुको प्रतिनिधित्व गर्नगराउन लागि पर्ने छु।
८. नेपालबाट अमेरिका आउन चाहेका नेपालीहरुको लागि आवश्यक जानकारी, तालिम दिन तथा अमेरिका पुगेपछी ट्राजिसन गर्न स्थापित हुन नेपाल स्थित आ ई सि सि सचिवालय तथा एन आर एन एन सि सि यु एस् ए कार्यालय सँग सङ्ग सवन्वय गरी सम्बन्धित राज्यराज्यका च्याप्टर, पदाधिकारी तथा सदस्यहरुलाई परिचालन् गर्ने छु।
९. माथिका बुँदाहरु प्रारम्भिक खाका मात्र हुन। बिस्त्रित घोषणापत्र निकट भविष्यमा प्राकाशित् गर्ने छु।
दुर्भाग्यवस मेरो नेपाली भाषा राम्रो छैन। सुधारको आशा राख्दछु।
https://www.youtube.com/watch?v=5whLIVgyNgU
प्रतिक्रिया