मधेशमा कुटिए एमालेका नेता

इनेप्लिज २०७३ चैत ३१ गते १६:११ मा प्रकाशित

गौशाला, ३१ चैत । नेकपा (एमाले) महोत्तरी जिल्लाका अध्यक्ष जामुन मण्डलमाथि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज दिउँसो हातपात गरेका छन् ।

जलेश्वर नगरपालिका–१८ फुल्हट्टाको धर्मशालामा स्थानीय तहको निर्वाचनसम्बन्धी नगर कमिटीको बैठक चलिरहेका क्रममा ५०÷६० जनाको सङ्ख्यामा गएका संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले सो कार्यक्रम बिथोल्दै जिल्ला अध्यक्ष मण्डलमाथि हातपात गरेका छन् ।

मोर्चाका कार्यकर्ताले १०÷१२ वटा कुर्सी तोडफोड गरेको र जिल्ला अध्यक्ष मण्डलमाथि हातपात गरेका हुन् ।

प्रतिक्रिया