आइतबार, असार ६ २०७८
काठमाडौं ०३:३०
वासिङटन डिसी 17:45

मधेसी मोर्चाद्वारा नयाँ संशोधन प्रस्ताव पनि अस्वीकार

इनेप्लिज २०७३ चैत ३० गते १५:२८ मा प्रकाशित

काठमाडौ, चैत ३० – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले संविधान संशोधनका लागि दर्ता गरेको प्रस्ताव अस्वीकार गरेको छ । मोर्चाको बुधबार बसेको बैठकले मोर्चा र संघीय गठबन्धनले सरकारसमक्ष राखेका माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने र स्थानीय तहको निर्वाचनमा सहभागी नहुने निर्णय समेत गरेको छ ।

मोर्चाले सरकारसँग भएका विगतका सहमति र सम्झौताको मर्म र भावना विपरित संविधान संशोधन प्रस्ताव ल्याएको भन्दै उक्त प्रस्तावले सीमाङकन लगायत मधेसका मुद्धा सम्बोधन नगर्ने ठहर गरेको छ ।

मोर्चाले आफ्नो विरोधका कार्यक्रमलाई जारी राख्न बैशाख ३ गतेसम्मका आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ । बैठकपछि जारी विज्ञप्तिमा चैत ३१ गते मधेसका सवै जिल्ला सदरमुकामहरुमा प्रदर्शन गर्ने तथा बैशाख ३ गते मधेसका जिल्लाका निर्वाचन कार्यलय घेराउ गर्ने उल्लेख छ । बैशाख ३ पछि बाँकी आन्दोलनका कार्यक्रम घोषणा गर्ने मोर्चाले जनाएको छ ।

सरकारले मोर्चालाई स्थानीय चुनावमा सहभागि गराउन भन्दै मंसिर १४ गते दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता लिदै ११ बुँदे संशोधन प्रस्ताव मंगलबबार दर्ता गरेको थियो ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया