बुधबार, असार ९ २०७८
काठमाडौं ०५:५३
वासिङटन डिसी 20:08

विख्यात आरोही आङरिता शेर्पाको स्वास्थ्य खराव(आङरिता शेर्पाका नाममा पैसा नउठाउन अपिल)

इनेप्लिज २०७३ चैत ३० गते ११:२० मा प्रकाशित

हिम चितुवाका नामले विख्यात आरोही आङरिता शेर्पा खराव स्वास्थ्यका कारण अहिले अस्पताल भर्ना भएका छन् । काठमांडौ वासवारी स्थित न्यूरो अस्पतालमा भर्ना भएका शेर्पा अहिले स्वास्थ्यकर्मी र आफन्तसँग छोटो कुराकानी गर्न सक्ने अवस्थामा फर्कनु भएको परिवारका सदस्यहरुले जानकारी दिएका छन् । उनको स्वास्थ्यमा के कस्तो समस्या आएको हो भन्ने विषयमा चिकित्सकहरुले कुनै जानकारी सार्वजनिक गरेका छैनन् । विना अक्सिजन १० पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका विश्व कृतिमानि आङरिता शेर्पाले नेपालका ८ हजार मिटर भन्दा अग्ला सवै हिमालको सफल अरोहण गरेका छन् ।

उनी अस्पताल भर्ना भएको खरावसँगै विश्वभरवाट उनका शुभचिन्तकहरु सहयोगका लागि जुर्मुराएका छन् । तर परिवारका सदस्यहरुले भने तत्काल कुनै सहयोगको आह्वान नगरिएको प्रष्ट पारेका छन् । कतिपय ब्लग र सामाजिक सञ्जालमा कतिपय ब्यक्तिहरुले उनलाई अर्थिक सहयोग जुटाउने आसयले सूचना सम्प्रेषण गरेपछि परिवारका सदस्यले त्यस्तो नगर्न सार्वजनिक अपिल समेत गरेका छन् ।

अपिल

हाम्रा श्रद्धेय बुबा आंङरिता शेर्पाको स्वास्थ्य अबस्था र चन्दा संकलनका बारेमा हाम्रो भनाई( हाम्रो बुबा आंङरिता शेर्पाको स्वास्थ्य अबस्था कमजोर रहेको अबस्थामा संसारभरिका शुभेक्षकहरुबाट शिघ्र स्वास्थ्यलाभको कामना गर्दै स्वास्थ्य उपचारको लागि सरकारको ध्यान आकर्शण गराउनु हुँने शुभेक्षुकहरु र समस्त संचारकर्मिहरु प्रति हामी आभारी छौ।

हाम्रो बुबालाई शुभेक्षुकहरुले संमान ब्यक्त गर्दै उपचारका लागि चन्दा संकलन समेत गर्न थाल्नु भएको समाचार सामाजिक संजालमा आउन थालेको छ।
हाम्रो बुबाले सरकारबाट पाउने सेवा सुबिधा पाँउदै आउनु भएको छ तर स्वास्थ्य उपचारका शिर्षकमा भने सहयोग नपाएको सत्य हो तथापी नेपाल पर्बतारोहण संघ बाट निरन्तर रुपमा सहयोग प्राप्त भई रहेको छ।पर्बतारोहण संघले आबस्यकता अनुसार स्वास्थ्य उपचारका लागि खर्च गर्न तयार रहेको बचन समेत दिएको छ।भाग्यबस हामि परिबारका सदस्यहरु पनि आफ्नै श्रोत र साधनले आदर्णिय बुबाको उपचार गर्न सक्षम छौं।

तसर्थ संसारभरिका संपुर्ण सुभेक्षुक र सहयोगिहरु प्रति कृतज्ञता ब्यक्त गर्दै हाम्रो बुबाको स्वास्थ्य उपचारको नाममा कुनै ब्यक्ती वा संघ सस्थाले चन्दा संकलन गर्नु भएको छ भने सथाशिघ्र रोक्नु हुँन परिबारको तर्फबाट अनुरोध गर्दछौ।भबिस्यमा हाम्रो परिस्थिती काबु भन्दा बाहिर गएमा र हामिलाई थप सहयोग चाहिएमा अबस्य पनि यहाँहरु समक्ष सहयोगका लागि आउनेनै छौ।

छोरा :छेवाङ दोर्जे शेर्पा
टेलिफोन नं  :अमेरिका ९६५०० ४४० ८४०६
बुहारी :पासाङ शेर्पा  अमेरिका९६५००९९६ ६१०२

प्रतिक्रिया