शुक्रबार, असार ११ २०७८
काठमाडौं ०८:४०
वासिङटन डिसी 22:55

एफएनसीसीआईको बस्तुगत संघ तर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ विजयी(PEAN परिवार को बधाई)

इनेप्लिज २०७३ चैत २९ गते २३:५२ मा प्रकाशित

नेपाल उद्योग बाणिज्य महासंघको बस्तुगत संघ तर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले आफ्ना निकटतम प्रतिद्धन्द्धी अनुपकुमार मल्ल र शंकरप्रसाद पाण्डेलाई पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् ।

श्रेष्ठले ४९ मत ल्याए भने शंकर प्रसाद पाण्डेले ३८ मत ल्याएका थिए । उपाध्यक्ष पदका अर्का उम्मेदवार अनुप बहादुर मल्लले ११ मत ल्याएका थिए । केन्द्रिय कार्यसमिति तर्फ श्रेष्ठको समूहबाट ११ जना निर्वाचित भएका छन भने शंकर पाण्डे समुहका ३ जना निर्वाचित भएका छन् । श्रेष्ठ समुहबाट अञ्जन श्रेष्ठ, आकाश अधिकारी, कमला श्रेष्ठ, जय प्रकाश सिवाकोटी, प्रकाश सिंह कार्की, बिनोद ढकाल, सञ्जिव अग्रवाल, सुरेन्द्र कुमार श्रेष्ठ र हेमराज ढकाल निर्वाचित भएका छन ।

पाण्डे समुहबाट भने डा. त्रिचन्द्र भट्टराई, शिव प्रसाद घिमिरे र सकुन्तलाल हिराचन निर्वाचित भएका छन् । चार जना उम्मेदवारको भने मत बराबर भएको छ । तीमध्ये गोलाप्रथाद्धारा २ जनालाई निर्वाचित गरिएकाे छ । खेमराज पन्त, नरेशलाल श्रेष्ठ, रबिन कुमार श्रेष्ठ र सुनिल गोपाल श्रेष्ठको मत बराबर भएको हो । गाेला प्रथाबाट रबिन कुमार श्रेष्ठ र सुनिल गोपाल श्रेष्ठ विजयी घाेषणा गरिएकाे छ ।

उमेशलाल श्रेष्ठ फर्मास्युटिकल्स मार्केटिंग एक्ज्युकेटिव एसोसिएसन अफ नेपाल (PEAN )केन्द्रका पूर्व अध्यक्ष हुन् l यसै गरि श्रेष्ठ नेपाल आैषधी उत्पादक संघका निवर्तमान अध्यक्ष पनि हुन्

श्रेष्ठ उपाध्यक्ष( वस्तुगत )पदमा निर्वाचित भए पछि फर्मास्युटिकल्स मार्केटिंग एक्ज्युकेटिव एसोसिएसन अफ नेपालका वर्तमान केन्द्रिय अध्यक्ष सुरजित दत्त तथा PEAN परिवार को तर्फबाट बधाई दिदै सफल कार्यकालको लागि शुभकामना दिएका छन् l श्रेष्ठको जितसँगै वस्तुगततर्फ गोल्छा समूह बलियो देखिएको छ ।

प्रतिक्रिया