ग्लोबल नेपाल फेस्टमा चित्रकला प्रदर्शन ,योगा तथा ध्यान सत्र पनि हुने

इनेप्लिज २०७३ चैत २८ गते २३:०२ मा प्रकाशित

भिन्तुना ईनटरनेसनल(अन्तर राष्ट्रिय )को आयोजनामा आगामी अप्रिल १६ तारिख आइतबार का दिन ग्लोबल नेपाल फेस्ट २०१७ डीसी नामक महोत्सवमा नेपाल झल्किने र झल्काउने कार्यक्रमको साथै चित्रकला प्रदर्शन ,योगा तथा ध्यान सत्र पनि हुने भएको छ l

चित्रकला प्रदर्शनीमा नेपाली मूलका कलाकारहरुमा राजेन्द्र केसी ,एरिना ताम्राकार ,आशा डंगोल ,सागर मानन्धर ,रबिता केसी ,दिभा प्रधान ,किरण मानन्धर ,सम्झना राज भण्डारी ,चन्द्र श्रेष्ठ तथा कृष्ण गोपाल रंजित सहभागी हुने भएका छन् l

यसको साथै योगा कक्षा तथा ध्यान कार्यक्रम पनि गरिने भएको छ l वसन्त ऋतुमा अमेरिकाका विभिन्न राज्यहरुमा ग्लोबल नेपाल फेस्ट २०१७ को आयोजना गरिने भएता पनि यस बर्ष अप्रिल १६ मा डीसी तथा अप्रिल २९ मा बाल्टिमोरमा पनि हुने तय भएको छ l

सन् २०१३ मा ग्लोबल नेपाल फेस्ट वाशिंगटन डिसीमा अभूतपूर्व सफलताको साथ सम्पन्न गर्दै बिदेशीहरुलाई नेपालको चिनारी गराउन सफल भएको थियो l

भिन्तुना ईनटरनेसनलको मूल उदेश्य नेपालका कुनै पनि चिजलाई प्रबर्धन गर्नु हो l नेपालका संगीत ,कला ,पर्यटक ,संस्कृति ,कलाकार ,हस्तकला ,चित्रकला ,भेषभूषा ,नेपाली ब्यबसाय ,गैर मुनाफा संस्था तथा अन्य चिजलाई व्यापक रुपमा प्रबर्धन गर्ने र फैलाउने रहेको छ l

प्रतिक्रिया