स्विटजरल्याण्डका हिन्दुहरुको एक भेलाले यहि अप्रिल २ तारिखका दिन स्विटजरल्याण्डको विन्टरथ्रुमा हिन्दुहरुको लागि छाता संगठनको गठन गरेका छन् । ” हिन्दुहरुको लागि स्विस छाता संगठन” ( «Schweizerischen Dachverband für Hinduismus») नाम दिइएको उक्त संगठन निर्माण गर्न विभिन्न देश बाट स्विटजरल्याण्ड आइ बसोबास गरिरहेका तथा स्विटजरल्याण्डका हिन्दुहरु भेला भएका थिए ।
स्विटजरल्याण्डमा अहिले सम्म हिन्दुको विभिन्न नाममा धार्मिक संजाल, समुह,संगठनहरु बने पनि सबैलाइ एकत्रित गर्ने छाता संगठन निर्माण भएको थिएन । उक्त अभाबलाइ मध्यनजर गर्दै अहिले गठन भएको उक्त छाता संगठनले सबै हिन्दुहरुलाई एकत्रित गर्ने भन्दै बहुधार्मिक स्विसको लागि एउटा निस्पक्ष, बैधानिक संस्था हुने र सबै हिन्दुहरुको एउटै आवाज हुने कुरा संगठनद्वारा अप्रिल ४ मा एक बिज्ञप्ति द्वारा जानकारी गराइएको छ ।
प्रारम्भिक आकडा अनुसार स्विटजरल्याण्डमा ५० हज्जारको हाराहारीमा हिन्दुहरु रहेको बताइएको छ । मुख्य गरि नेपाल,भारत,श्रीलंका र स्विटजरल्याण्डका हिन्दुहरु बीच विभिन्न नाममा विभिन्न संजालहरु रहेका छन् । संगठन निर्माणको दिनमा श्रीलंकन तामिलहरुका बिभिन्न ठाउंमा भएका मन्दिरका भक्त,तिनका पुजारीहरु,रामाकृष्ण जुरिच,ओम्कारानान्दा जेनेभा,नेपालि हिन्दुहरु,लगाएत अन्य करिब ६० जना र दर्जन भन्दा बढी स-साना हिन्दु संगठनको उपस्थिति रहेको जानकारी बक्तब्य मार्फत गराइएको छ ।
हिन्दुहरुको छाता संगठन( «Schweizerischen Dachverband für Hinduismus») स्वामी विवेकानन्दको अध्यक्षतामा ९ सदस्यको कमिटी गठन गरिएको छ भने एक सदस्य पछि थप्ने भएका छन् । उक्त हिन्दुहरुको छाता संगठन( «Schweizerischen Dachverband für Hinduismus»)मा नेपाल र नेपालीहरुको तर्फबाट लामो समय देखि स्विटजरल्याण्डमा बसोवास गर्दै आउनु भएका माधव आचार्य कोषाध्यक्षमा र केहि समय देखि स्विटजरल्याण्डको बासेलमा बसोवास गर्दै आउनु भएका डा.राजु अधिकारी लेखापालमा सर्वसम्मत भएका छन ।
प्रतिक्रिया