डीसी क्षेत्रमा नेजाको ११ औ साधारण सभामा पेशाकर्मी तथा डीसीवासी संग भेटघाट हुने भएकोमा आफू निकै उत्साहित भएको छु :भोला आचार्य ,अध्यक्ष नेजा

इनेप्लिज २०७३ चैत २६ गते १:२१ मा प्रकाशित

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को ११ औ बार्षिक साधारण सभा डीसी क्षेत्रमा आगामी मे ६ र ७ तारिखमा हुदैछ l नेजाका उपाध्यक्ष एवं ११ औं साधारण सभाका संयोजक गुणराज लुईटेल लगायत अन्य साथीहरु सभालाई अपार सफल बनाउन अहोरात्र काम गरि रहेका छन् l

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को सन्दर्भमा नेजाका अध्यक्ष भोला आचार्य संग साधारण सभा,कार्यक्रम ,योजना तथा यसै सेरोफेरोमा इनेप्लिजले गरेको संक्षिप्त कुराकानी पस्कने जमर्को गरेका छौ l

डीसीमा हुने नेजाको ११ औ बार्षिक साधारण सभामा कत्तिको उत्साहित हुनु हुन्छ भन्ने जिज्ञासामा सभापति आचार्यले आफू निकै नै उत्साहित छु l र पेशाकर्मीहरूका लागी यो एउटा विशेष दिन बताए l

उनले भने हरेक वर्षमा गरिने साधारण सभा र दुईवर्षमा एकपटक आयोजना हुने अधिवेशन हाम्रा दुई ठूला पर्वहरू हुन । अगाडी थप्दै उनले उत्तर अमेरिकामा छरिएर रहेका पत्रकारहरू बीच भेटघाट गर्न पाउनु आयोजक संस्थाको वर्तमान नेतृत्वको हकमा बढी उत्साहित छु । र ,साथै गर्वको महसुस गर्दछु भने l

डीसी क्षेत्रमा केहि बर्ष पश्च्यात नेजाको कार्यक्रम हुने भएको छ ,डिसी क्षेत्रमा रहेका नेपाली समुदाय तथा संघ/संस्था लाई कुनै संदेश छ भनि प्रश्न गर्दा उनले सवालको जवाफ दिदै नेजाको ११ औं साधारण सभा आन्तरिक छलफल बाहेक उद्घाटनको अवसरमा रहेको प्रवासमा रहेको अमेरिकी एवं नेपाली समुदाय र पेशागत प्रतिनिधित्वको लागी हामीले विभिन्न संघसंस्थाहरूलाई निम्ता गर्ने तयारीमा लागेको बताए । सो सम्मेलनमा पेशागत एवं सामुदायिक गतिविधिहरू समेत हुने भएकोले सवैको प्रतिनिधित्वको लागी अनौपचारिक एवं औपचारिक निमन्त्रणा गर्न चाहन्छु भने l

उनले अगाडी भने भौतिकरूपमा उपस्थितीको लागि डिसी महानगर क्षेत्रका अमेरिकी तथा नेपाली समुदायलाई वढि सम्भव भएकोले उद्घाटन सत्रमा उपस्थिति को लागी बिशेष आग्रह गरेका छन् l उद्घाटन सत्रको समाप्ति पछि लगत्तै नेपाली समुदायको प्रतिनिधिमूलक संस्था एनआरएनको आसन्न निर्वाचनलाई लिएर विशेष वहस हुने भएकोले स्थानीय समुदायको सहभागिता विशेष हुने हामीले अपेक्षा गरेको बताए l

उनले उपाध्यक्ष एवं ११ औं साधारण सभाका संयोजक गुणराज लुईटेल र साथीहरू अहोरात्र खटिई काम गरि रहेको समुदायलाई स्मरण गराएका छन् l

कुराकानी गर्ने क्रममा साधारण सभामा बिशेष कुन कुन कुरालाई बिशेष प्राथमिकतामा राखिने छ भन्ने जिज्ञाशामा सभापति आचार्यले यस पटकको साधारण सभालाई विधान सभाको रूपमा प्रस्तुत गर्ने तयारीमा रहेको बताए l

उनले भने मिडियाको विकाससँगै व्यवसायिकता तर्फ उन्मुख संचारजगतको हिस्साको रूपमा नेजाको भूमिका अपरिहार्य वनाउने हाम्रो लक्ष्य हो जसको जग विधान र व्यवस्था हो यसमा हामी काम गर्नेछौ । नेजा हिजो भन्दा आज व्यवसायिक वनि सकेको छ जुन अहिलेको आवस्यकता हो भने ।

नेजा र हाम्रो पेशागत व्यवसायिकताको लागी र अन्तर राष्ट्रिय स्तरमा पहिचानको लागी हामीले यस पटक अर्को नयॉ पुरस्कारको घोषणा गर्ने छौं जसले हाम्रो पेशागत अस्तित्व र सामुदायिक दायित्वलाई थप सकारात्मक एवं जिम्मेवार वनाउने अपेक्षा गरेको संदेश दिए l

उनले अगाडी अझ प्रष्ट पार्दै नेजा सामुदायिक पत्रकारिता पुरस्कारको रूपमा घोषणा हुने उक्त कार्यले पत्रकारिताको माध्यमबाट प्रवासको नेपाली समुदायले पनि आफ्नो पहिचानलाई फरक रूपमा पस्किने छ भन्ने विश्वास व्यक्त गर्न चाहेको बताए l

उनले अन्त्यमा डिसी क्षेत्रमा आगामी मे ६ र ७ मा आयोजना हुने ११ औं साधारण सभामा सवैलाई उपस्थितिको लागी व्यक्तिगत एवं आयोजक संस्थाको तर्फबाट हार्दिक निमन्त्रणा गर्दछु भन्दै डीसीमा छिट्टै भेट्ने बचन बद्धता साथ यसै छोटो कुराकानी बाट सवैमा सूचना दिएका छन l

प्रतिक्रिया