एएनए सम्मेलन बाल्टिमोर मेरिल्याण्डमा हुने ,सम्मेलनको तयारी सुरु

इनेप्लिज २०७३ चैत २४ गते २१:५५ मा प्रकाशित

अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ तारिखको सप्ताहको सेरोफेरोमा बिगत ३३ बर्ष देखि सम्मेलन गर्दै आएको दि एसोसिएसन अफ नेपालीज इन अमेरिका (एएनए )को सम्मेलन अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा हुने भएको छ l

आगामी जुन ३० देखि जुलाई २ तारिख शुक्रबार देखि आइतबार सम्म हुने उक्त सम्मेलनको तयारी सुरु हुन् थालेको छ l बाल्टिमोरका समाज सेवी ,व्यवसायी तथा बानाका पूर्व अध्यक्ष विजय श्रेष्ठ सम्मेलनका संयोजकमा नियुक्त भएका छन् l आयोजक समिति तथा उप समिति छिट्टै निर्माण गरिने सम्मेलन संयोजक श्रेष्ठले बताउदै अमेरिका भर रहेका सम्पूर्ण नेपाली समुदायलाई सहभागी हुन् आब्हान गरेका छन् l

नेपाली समुदायलाई एकै थलोमा जमघट गराई बिबिध कार्यक्रमहरु मार्फत नेपाली समुदायलाई उत्साह र सकारात्मक सन्देस दिन सफल एएनए सम्मेलन मेरिल्याण्डको बाल्टिमोरमा आयोजना गर्न पाउदा हर्षको साथै आफु उत्साहित भएको श्रेष्ठले बताए l

उनले अगाडी भने यस पटक अलिक फरक कार्यक्रमहरु पनि ल्याउने योजना रहेको र एएनएले दिएको अभिभारालाई शिरोधार्य गरि योजनामा आफू लागि रहेको बताए l उनले सबै संग सरसल्लाह ,राय र परामर्श लिई रहेको बताएका छन् l

एएनए सम्मेलनमा उत्कृष्ट कार्यक्रमहरु मध्ये कै बाल बालिकाहरुको प्रतिभा प्रतियोगिता ,बिद्यार्थीहरुको हाजिरी जवाफ प्रतियोगिता तथा अन्य महत्वपूर्ण कार्यक्रमहरु आयोजना गरिने भएको छ l सम्मेलनमा कमि कमजोरी नहुन दिन एनएनएका अध्यक्ष ,कार्यकारी समिति ,पूर्व अध्यक्षहरु तथा सबै संग परामर्श लिई रहेको आयोजकले जानकारी दिएका छन् l

गत बर्ष जुलाई १ देखि ४ तारिख सम्म भएको एएनए सम्मेलनमा ६ बुदे घोषणा सहित सम्पन्न भएको थियो l आगामी जुन ३० देखि जुलाई २ सम्म हुने सम्मेलनमा खेलकुद ,सांस्कृतिक कार्यक्रम, बिबिध बिषयका संगोष्ठी ,भेषभुषा प्रदर्शन ,प्रतिभा प्रतियोगिताहरु तथा थप कार्यक्रमहरु समेत हुने भएको छ l

 

 

 

 

 

 

 

 

 

                 विजय श्रेष्ठ

प्रतिक्रिया