शुक्रबार, असार ४ २०७८
काठमाडौं १२:२४
वासिङटन डिसी 02:39

बे एरियामा लायन्सक्लबले निसुल्क स्वास्थ्य सिबिर कार्यक्रम गर्दै

इनेप्लिज २०७३ चैत २३ गते ८:४३ मा प्रकाशित

लायन्स क्लब अफ बर्क्ली अन्नपुर्णको पहलमा पहिलो पल्ट बे एरियामा रहेका पाच वटै नेपाली लायन्स क्लबको संयुक्त आजयोजनामा  निसुल्क स्वास्थ्य सिबिर कार्यक्रम यही आउदो अप्रिल २९ तारिक मा बर्क्लीको निम्न स्थान र समयमा हुदैछ। स्थान : 414 Martin Luther King Jr. Way, Berkeley, California 94704  समय दिनको १० बजे देखि ४ बजे सम्म। स्वस्थ सिबिरको बिस्तृत जानकारीको लागि बर्क्ली अन्नपुर्णको वेबसाइट  www .berkeleyannapurna.org मा सम्पर्क गर्न सकिने छ।संयोजकमा  डा अमोद पोख्रेल रहनु भएको छ भने कार्यक्रमको तयारी हुदै गरेको र स्थानीय कोहि नर्सहरु यस सिविरमा स्वयम् सेवकको रुपमा काम गर्न इच्छुक हुनु हुन्छ भने सम्पर्क गर्न समेत आह्वान गर्नु भएको छ।  यस प्रकारको मानव सेवा र पुण्यको कार्यमा आफनो सिप र क्षमताले भ्याए सम्म सबैले सहयोग गर्नु पर्ने वहाको धारणा रहेको छ।

यो स्वस्थ सिबिर मात्र नभई यो स्वास्थ सम्बन्धि जान चेतना जगाउने कार्यक्रम समेत  भएकोले सबैलाई उपस्थित हुन् अनुरोध गर्दै लायन्स कल्ब डिस्ट्रिक ४ सी ३ का जोन चियर र बर्क्ली अन्नपुर्णका निबर्तमान अध्यक्ष  ध्रुव थापाले बे एरियामा स्वास्थ सिबिर चलाउन भनेरै गत बर्ष आखा जाच्ने अत्याधुनिक हाते क्यामेरा समेत किनी सकेको र यहि आउदो नोभेम्बरमा नेपालमा समेत अखा सिबिर कार्यक्रम लिएर जानकारी गराउनु भएको छ।  यस कार्यक्रममास्वास्थ सम्बन्धि जनचेतना मुलक शिक्षा समेत दिने र स्वास्थ रहन के कस्तो जीवन शैली अपनाउनु पर्छ भन्ने बारे समेत जानकारी दिने भएकोले सबैलाई उपस्थितिको लागि आह्वान गरिएको हो।  साथै लायन्स क्लबले नेत्र सम्बन्धि मात्र नहेरेर मानिसको सम्पूर्ण स्वास्थ्य समेतलाई बिसेष महत्वका साथ् हेर्दै आएको र विश्वको हरेक देसमा यस प्रकारको कार्यक्रम हुने जानकारी समेत दिनु भयो।

१९२५ मा पहिलो पल्ट हेलेन केलरले लायन्स क्लब मार्फत नेत्र चिकित्सालाई आफ्नो समाज सेवाको लक्ष्य राख्न अनुरोध गरे देखिनै हरेक बर्ष लायन्स क्लबले बिस्वको हरेक देशमा आखाँ उपचारमा लागि परेको र अहिले सम्म ८० % भन्दा धेरै अखा को समस्या समयमै जानकारी नहुनाले हुने गरेको तथ्य र यसको समयमा उपचार गर्न सकिने भएको ले हरेकले समय समयमा आफ्नो आखा जचाउन नितात्न आवस्यक रहेको छ।

लायन्सले आखा सम्बन्धि शिक्षा , जनचेतना र रोकथाममा जहिले पनि उल्लेख्य भूमिका निर्वाह गर्दै आएको छ।  यसको साथ् साथै अहिले बिस्वमै सबै भन्दा खतरनाक रुपमा फैलिएको रोग हो मधुमेह अथवा डाइबिटिज जसलाई स्वास्थ चेतना र जीवन शैलीमा केहि परिवर्तन गरेर रोक्न सक्ने भएकोले यसबारेमा समेत जानकारी प्रदान गरिने र यसको जाच समेत गरिनेछ। त्यसै गरि ब्लड प्रेसर लगायत अन्य बिबिध प्राथमिक स्वस्थ सम्बन्धि जाचिने जानकारी बर्क्ली अन्नपूर्णका अध्यक्षका मनिल बाबु श्रेष्ठले जानकारी दिनु भएको छ। लायन्स क्लबले हरेक बर्ष २०२१ सम्ममा २०  मिलियन मानिसलाई सेवा पुर्याउने लक्ष्य राखेको छ।

१०१७ मा अन्तरास्ट्रिय लायन्स क्लबले आफ्नो १०० बर्षको कार्यक्रम भब्यरुपमा यहि आउदो जुन ३० तारिख देखि जुलाई ४ सम्म यसको स्थापना भएको सहर चिकगोमा भव्यताका साथ् हुदै गरेको र पहिलो पल्ट नेपाल बाहिर एउटा नेपाली छोरो लायन्स क्लबको गभर्नर जस्तो पदमा राजेन थापाले सिकागोमा सपथ ग्रहण गर्दै हुनु हुन्छ।  अहिले बे एरिया लगायत अमेरिकाको थुप्रै सहरहरुमा नेपाली समुदाय माझ लायन्स क्लबको स्थापना भइरहेको छ।  मानव सेवानै धर्म हो भन्दै सधै सामाजिक कार्यमा समर्प्रित नेपाली हरुलाई लायन्स क्लबमा आबद्ध हुन चाहनेलाई नजिकको लायन्स क्लब वा यसका सदसयलाई सम्पर्क गर्न सकिने जानकारी क्लब का अध्यक्ष श्रेष्ठले जानकारी गराउदै चाडै नया सदस्यहरुको पदस्थापना कार्यक्रम समेत हुने जानकारी दिनु भएको छ जसको लागि स्थानीय  लायन्स क्लबहरु बर्क्ली अन्नपूर्ण, फ्रिमंट  सगरमाथा , बर्क्ली मकालु, सान लियन्द्रो मनकामना र सन् फ्रान्सिस्को बुद्धका अध्यक्षहरुलाई सम्पर्क गर्न समेत यसै प्रेस बिज्ञप्ति मार्फत आहवान गरिएको छ।

प्रतिक्रिया