साउथ एसियन रिसोर्स सेन्टर र सेतोपाटी ग्लोवलले गरेको एक अध्ययनले अमेरिकामा ३ लाख १५ हजार ९ सय ८० नेपाली रहेको तथ्याक सार्वजानिक भए पछी नेपालीहरु बिच चर्चा शुरु भएको छ । यो अमेरिकामा बसोबास गरेका नेपालीहरुको कूल संख्या हो जस भित्र स्थाई बसोबास गर्ने, पढन आएका बिध्यार्थीहरु , घुम्न आएका नेपालीहरु र अन्य माध्यमबाट अमेरिका प्रबेश गरेका कागजात बिहिन नेपालीहरु रहेको साउथ एसियन रिसोर्स सेन्टरले जनाएको छ ।
यस बिश्लेषणको श्रोतमा सेन्सस ब्युरो, होमल्याण्ड सेक्यरिटी, स्टेड डिपार्मेन्ट, सीडीसी, बिश्व बैक, माईग्रेसन पोलेसी इन्स्टीच्युट, इन्टरनेशनल एनुकेसन एक्सचेन्ज, ट्रयाकइमिग्रेसन, एनसीएएल र यूएनएचसीआरले उपलब्ध गराएको रिपोर्ट प्रमुख रहेको दुबै अध्ययनकारी सस्थाहरुले जनाएका छन ।
हिजो मात्र सार्बजनिक भएको यस अध्ययन अनुसार सन २००० र सन २०१० को गणना अनुसार अमेरिकामा नेपालीहरुको संख्या १० वर्षमा ५३३% बढेको तथ्याकं देखाएको छ । सन २०१४ को अनुमानित नेपालीहरुको संख्या १ लाख १० हजार रहेको समेत सेन्ससले जनाएको छ । यसमा भिजीटर भिसामा आएका नेपाली, अध्यनकालागी आएका नेपाली बिध्यार्थीहरु र अबैधानिक रुपमा स्थल मार्ग हुँदै अमेरिका भित्रिएका नेपालीहरुको संख्या समावेस नभएको उक्त अध्ययनले जनाएको छ ।
उक्त अध्ययनमा तयार पारेको बिश्लेषण र तथ्याकंले करीब ६६ हजार नेपाली बिध्यार्थीहरु उच्च शिक्षाका लागी अमेरिका आएको जनाएको छ । यो संख्या सन २०१० देखी सन २०१६ भित्र अध्ययन गर्न आएका नेपाली बिध्यार्थीहरु भएको जनाईएको छ ।
माथीको तथ्याकंलाई हेर्ने हो भने सन २०१०-२०१६ मा उल्लेखनीय नेपालीहरुको उपस्थिती भएको देखिन्छ । ट्रयाक इमिग्रेसनले उपलब्ध गराएको तथ्याकं अनुसार सन २०१० यता भिजीटर भिसा र स्थलमार्ग हुँदै अमेरिका आएर प्रतिवर्ष सरदर ११ हजार ७३ नेपालीले असाइलमकालागी आवेदन दिने गरेका छन । सन २०१० देखि २०१६ सम्ममा असाइलम मार्फत ग्रिन कार्ड पाएका नेपाली र उनिहरुको परिवार (सरदरमा २ जना मात्रै) को गणना गर्ने हो भने असाइलम मार्फत मात्रै अमेरिका पुग्ने नेपालीहरुको संख्या १ लाख २७ हजार हुन आउने उक्त अध्ययनले देखाएको छ। त्यस्तै उक्त अध्ययनले गत ६ बर्ष को अवधिमा ६६ हजार नेपाली बिध्यार्थीहरुहरु अमेरिकामा पढन आएको देखाएको छ । यसलाई औसतमा लिदा प्रती बर्ष १० हजार नेपाली बिध्यार्थीहरुहरु पढन आउने गरेको देखिन्छ । त्यस्तै गत ७ बर्ष मा डिभी लोटरी मार्फत स्थाई बसोबासका लागी अमेरिका आउने नेपालीहरु को संख्या १ लाख ३९ हजार २ सय ७८ जनाईएको छ ।
उक्त रोचक तथ्याकंले अमेरिकामा ४८ हजार अबैधानिक नेपाली रहेको सार्बजनिक भए पछी यीनीहरुको बर्तमान अवस्था र उचित ब्यबस्थापनका लागी नेपाली समुदाय बिच चासो बढेको छ ।
५ प्रतिशत नेपालीहरुको सँगठन नबनोस एनआरएन अमेरिका
अमेरिकाका नेपालीहरुको छाता सँगठन – गैर आवासिय नेपाली सङ (एनआरएन एसिसि) को भर्खरै मात्र सदस्यता नविकरण गरीएको संख्या १६,८८१ लाई हेर्ने हो भने अमेरिकामा बसोबास गर्ने कूल नेपाली सन्ख्या ३,१५,९८० को ५ प्रतिशत मात्र हुन आउछ । यो अत्यन्त न्युन संख्या हो जसले एनआरएन अमेरिकाको अस्तित्व माथी प्रस्न खडा गरेको छ ।
हिजो भर्खरै मात्र सार्बजनिक भएको रोचक तथ्याकंले अमेरिकामा ४८ हजार अबैधानिक नेपाली रहेको सार्बजनिक भए पछी यीनीहरुको बर्तमान अवस्था र उचित ब्यबस्थापनका लागी एनआरएन अमेरिकाको रणनितिक एव प्रभावकारी भूमिकाको लागी दबाब सृजना गरेको छ । यदी एनआरएन अमेरिकाले आफु लाई प्रबासी नेपालीहरुको हितका लागी स्थापना भएको सस्था मान्दछ भने कागाज बिहिन नेपालीहरुको उचित ब्यबस्थापनको जिम्मेवारी बाट पन्छिन मिल्दैन ।
अत्यन्त बिबाद र किचलोका बिच एनआरएन अमेरिकाको आगामी कार्यकालका लागी हुने निर्बाचन समेत प्रभावित हुन सक्ने बर्तमान अवस्थामा जम्मा ५ प्रतिशत नेपालीहरु लाई समेटी कसरी नेपालीहरुको छाता सँगठन हुन सक्छ , यस तर्फ ध्यान केन्द्रीत हुनु आवस्यक छ । अर्का तर्फ , आपसी स्वार्थ र मनमुटाबले एनआरएन अमेरिकाको सेवा भाव मा ह्रास आएको छ , सस्था बदनाम हुन गै नेपाली भाषी बिच यसको महत्व र आस्था माथी अविस्वास सृजना हुन गएको छ ।
बिबाद र छलफल हुनु र समाधानका बाटा हरु खोज्नु प्रजातान्त्रिक पद्दति भित्रका पाटा हुन, तथापी लामो बिबाद र जुगाको लडाईमा समय दिनु भन्दा अमेरिका भित्रका नेपालीहरुको हितका लागी खास गरी उच्च शिक्षाका लागी अमेरिका आएका नेपाली बिध्यार्थीहरु र कागजबिहिन नेपालीहरुका लागी एक बिशेष अभियान थाली एनआरएन अमेरिकाले ठोस भूमिका निर्बाह गर्दै नेपालीहरुको मन भित्र पस्न सक्नु पर्दछ । प्रतेक नेपालीहरु लाई प्रवासमा अविभावित्व प्रदान गर्न सक्नु नै एनआरएनको ठुलो उपलब्धी हुने छ ।
अमेरिकामा देखिएको बढदो नेपालीहरुको उपस्थिती र नगन्य सरहका सदस्य रहेको अमेरिकाका नेपालीहरुको छाता सँगठन – गैर आवासिय नेपाली सङलाई नेपालीहरु प्रती समर्पित हुन र उत्तरदायी हुन अझै मौका छ । अबको दिनमा चुनावी रणनिती तर्फ अश्वस्थकर रुपमा प्रतिस्पर्धाका लागी खटनु भन्दा प्रबासी नेपालीहरुको लागी बास्तबिक सेवा र सहयोगमा ध्यान दिनु एनआरएन अमेरिकाको गिरदो साख बचाउने एक माध्यम हुन सक्छ ।
प्रतिक्रिया