आणविक बमको निर्माण र भविष्यमा आउने चुनौती

इनेप्लिज २०७३ चैत १८ गते ५:३३ मा प्रकाशित

आखिर आणविक बम के का लागि निर्माण गरिन्छ ? निर्माण गरिएका बम कहाँ प्रयोग गर्ने ? यस प्रश्नको उत्तर पक्कै पनि सहिलो छैन । यो प्रश्नको ठोस उत्तर कसैले दिन्छु भने उसको त्यो मूर्खता मात्र हो । अहिले विश्वमा आणविक बमको संख्या २४ हजार नाघेको सर्वाजनिक भएको छ । न्युयोर्क अमेरिकी थिंक ट्यांक इन्टिच्यूट फर साइन्स एण्ड इन्टरनेशनल सेक्युरिटी अनुसार २०१५ सम्म भारतसँग ७५ देखि १२५ न्युक्लियर बम बनाउनका लागि प्रयाप्त प्लूटोनियम उपलब्ध छ । त्यसबाट उसले ११० देखि १७५ हतियार बनाउन सक्छ । पाकिस्तानसँग अहिले भारत भन्दा १० परमाणु हतियार बढी रहेको जनाएको छ । आगामी २०२० सम्म पाकिस्तानसँग करिब २ सय परमाणु हतियार हुने सो रिपोर्टमा उल्लेख छ । परमाणु हतियारको मामिलामा विश्वका अन्य देशको अवस्था पनि सार्वजनिक भएको छ । इन्फोग्राफिकको आँकडा अनुसार रुस र अमेरिकासँग सबैभन्दा बढी आणविक हतियार रहेको छ ।

रुससँग ५ हजार भन्दा बढी आणविक हतियार रहेको छ भने अमेरिकासँग पनि सोही परिमाणमा आणविक हतियार रहेको छ । फ्रान्ससँग करिब ३ सयको संख्यामा आणविक हतियार रहेको रहेको छ । चीनसँग करिव २ सय ५०, बेलायतसँग २ सय २५, पाकिस्तानसँग १ सयदेखि १ सय २०, इजरायलसँग ८० आणविक हतियार रहेको थिंक ट्यांकले जनाएको छ । उत्तर कोरियाले २००६, २००९ र २०१३ मा आणविक परिक्षण गरेको थियो । तर, उत्तरसँग कति आणविक हतियार छन भन्ने खुल्न सकेको छैन । विश्वमा युरोनियमको सञ्चय १६ सय टन पुगिसकेको छ । जुन ६० हजार बम बनाउन पर्याप्त हुन्छ । अहिले विश्वलाई आणविक बम मुक्त बनाउनुपर्ने आवाजको उट्ठान भईरहेको छ । । कतिपयले देशले आफु सुरक्षित रहनका लागि आणविक अनिवार्य हो भन्ने गरेका छन । यद्यपी उनीहरु आणविक हतियार नभएपछि असुरक्षित भएको महशुस गर्दछन । उनीहरु आफ्नो कामप्रति जति गर्व गर्दछन त्यति नै त्रसिद हुने गरेका छन । यतिसम्म की उनीहरु आफ्नै देश ध्वस्त पार्न पनि काफी हुन्छ । विश्वमा ठुला–ठुला राष्ट्रहरुले निर्माण गरेका आणविक बमको प्रयोगको निर्माण कसले ग¥यो ?

किन गरे भन्ने विभिन्न आ–आफ्नै बुझाइँ छन । इतिहासकारको भनाईलाई आधार मान्ने हो भने, स्न १९४५ मा अर्थात विश्वयुद्धका समयमा पहिलो पटक निर्माण र प्रयोग भएको मानिन्छ । सन् १९४५ को जुलाई १६ को विहान अमेरिकाले एक विशाल परियोजना अर्थात लगभग अपत्यारिलो विध्वंसात्मक शक्तिवाला विस्फोटकको विकास भईरहेका परियोजना सञ्चालनमा आएको खुलासा गरेको थियो । त्यसपछि विश्वका देशहरुको ध्यान अमेरिमा ग¥यो । सो परियोजना निर्माणका लागि रुसवेल्टले २ अर्व डलर बजेट खर्च गरिसकेको सार्वजनिक गरेको थियो । मावन इतिहासकै सवैभन्दा अप्रत्यासिलो र डरलाग्दो तथ्य सार्वजनिक गरिएको थियो ।

त्यसलाई सन्तोषजनक कहाँ प्रयोग गर्ने भन्नेमा अमेरिका दुई धुव्रमा थियो । यतिसम्म की परियोजना सञ्चाक र देशका प्रमुख जिम्मेवारी समालिरहेका ब्यक्तिहरु र राष्ट्र प्रमुखको निकै विवाद भएको थियो । राष्ट्रपती ह्यारी टेयुम्यानले पहिलो बम प्रयोग जापान भनेका थिए, भने परियोजना निर्माणका रुसवेल्टले जर्मनमा प्रयोग गर्ने भनेका थिए । अन्ततः रुसवेल्टले राष्ट्रपतिको निर्णयलाई स्वीकार गरे । सन् १९४५ अगस्ट ६ विहान सवा ८ वजे विश्वमा पहिलो आणविक बम जापान खसालिएको थियो । रापट्रपतीको ह्यारी ट्युम्यानको प्रत्यक्ष एकल निर्देशनमा त्यो काम गरियो । अमेरिकाले आगामी दिनमा विश्वलाई परिर्वत गर्ने एक क्रुर निर्णय भएको दावि ग¥यो । आफु राष्ट्रपति भएको चार महिनामै ह्यारीले जापानको हिरोसिमा र नागासाकीमा आणविक बम खसालेका थिए । त्यो आणविक वमले संसारमा कहील्यै नभएको संख्यामा मानिसहरुको मृत्यु भएको थियो । विस्फोटको कारणबाटै त्यस क्षेत्रका १ लाख ४० हजारले ज्यान गुमाए भने ३५ हजार घाईते भए । अमेरिकाले आफुसँग आत्मसमर्पण गर्ने निर्देशन दियो तर जापानले अमेरिकासँग आत्मसमर्पण गरेन । त्यसको ३ दिनपछि अमेरिकीहरुले जापानको अर्को सहर नागासाकीमा दोस्रो आणविका बम खसाल्यो । त्यहाँ पनि प्रत्यक्ष रुपमा ८० हजार भन्दा बढीले ज्यान गुमाए भने सयौँ संख्यामा जापानी नागरिकहरु घाईते भए । ती दुवै ठाउँमा खसालिएको आणवि बमले आगोको मुस्लो उठ्यो । विकिरणको मारमा साढे दुई किलोमिटर क्षेत्रका भवनहरु परेका थिए । जमिनको ताक्रम झन्डै ४ हजार डिग्री सेन्टीग्रेट पुगेको थियो । मानिस, जीवजन्तु र वनस्पति त जल्ले नै भए धातु पनि पग्लिको थियो । बम खसालिसकेपछि हिरोसिमामा ९० हजार घरको वसोवास भएको सहरमा २८ हजार मात्र बाँकी रहे भने अरु सवै ध्वस्त भए ।

सो बमबाट मर्ने त मरिसके तर बाँचेकाहरु समेत शारिरीक रुपमै पनि विस्फोटको पीडाले छोडेन । विकिरणका कारण उनीहरु गम्भीर विरामी हुन थाले । त्यही कारणले गर्दा अहिलेपनि मानिसहहको त्यो स्थानमा जन्महुदा अपाङ्ग भई जम्मने गरेका छन । सो घटनाको अहिले सम्म मर्ने मानिसहरुको तथ्याङकको कसैसँग एकरुपता नभएपछि दुईवटै सहरमा करिव २ लाख ८० हजार भन्दा बढी मासिनको मृत्यु भएको जापानको सरकारको दावि रहने गरेको छ । त्यसपछि आणविक बमको प्रत्येक्ष मारमा जर्मन, अस्टे«लिया पनि प¥यो उनीहरुको देशमा जापान जस्तो धेरै संख्यामा नागरिकहरुले ज्यान गुमाउनु त परेन तर आणविक बमले के कति क्षेति गदोरहेछ भन्नेमा आफुहले भोगको पीडा कहिल्यै भन्नु सक्दैनन् ।

त्यपछि ट्युम्यानले भित्रभित्र अन्य देशका कुन–कुन स्थानमा प्रयोग गर्ने भनेर योजना बुनिरहेका थिए । युद्धमा होमिएका देशले तत्काल आफुहरुले ठुला–ठुला हातहतियार निर्माण गरी अन्य देशहरु आफ्नो कब्जामा लिन चाहान्थे । त्यसै अनुरुप उनीहरुको वीच आणविक बम निर्माण गर्न प्रतिस्पर्धा भईरहेको थियो । आफ्नो देशलाई कसरी सुरक्षित राख्न सकिन्छ वा बाहिरी हस्तक्षेपका विरुद्ध प्रतिकार गर्न ठुल–ठुला आर्णविक बमहरुको निर्माण गर्ने गरिएको छ । यसले विश्वलाई एक मिनेट मै ध्वास्त बनाउन सकिन्छ भन्ने थाहा छ तर त्यसले आफुलाई पनि सो ध्वास्तसँगै समाप्त हुन्छु भन्ने बारेमा कहिल्यै सोच्ने समेत गरेका छैनन् । यहि अवस्था कार्यम हने हो भने एक न एक दिन विश्व आणविक बमका करण सखाव हुने छ । यसरी विभिन्न देशहरुमा रहेको आणिविक हतियारलाई हेर्दा भोलिका दिनहरु निकै चुनौति रहेका छन । विभिन्न किसिमका आधुनिक हातहतियार निर्माण गरिरहेका छन । जुनवेला मानिसहरु अरुदेशको अतृत्व स्वीकार गर्न नसक्ने अवस्था आउँछ त्यसवेला ती हातहतियार प्रयोग गर्ने छन । त्यपछि यो श्रृष्टिबाट सवै समाप्त हुने छ । त्यसैले जुन देशमा आणुहरु सञ्चय छन, ती देशहरुको पहिचान गरी विश्वलाई आणविक बमबाट मुक्त बनाउन सवै एक भएर लाग्नु पर्ने समय आएको छ ।

लेखक ‘दैलेखपत्र’ राष्ट्रिय दैनिकका प्रकाशक हुन ।
सम्पर्क नम्बर :

–    +9779812553618

+9779748082068

+089410101
इमेल :[email protected]

प्रतिक्रिया