जनप्रगतिशिल मंच, स्विजरल्याण्डद्वारा नेपाली दुतावास स्विजरल्याण्ड प्रति खेद प्रकट

इनेप्लिज २०७३ चैत १७ गते २२:१४ मा प्रकाशित
 

नेपाली दुताबाश स्विजरल्याण्ड प्रति खेद प्रकट
मिती २०१७ मार्च २६ का दिन नेपाली ऐक्यबद्दता मन्च स्विस ( NESOF SWISS ) को ७ औ अधिबेशन एकदमै सभ्य र भब्य रुपमा सम्पन्न भएको छ र अधिबेशन मार्फत नाम परिबर्तन गरि जनप्रगतिशील मंच स्विस राखिएको जानकारी गराउदछौ । अधिबेशन सफल बनाउन यूरोपमा रहेका विभिन्न देशका जनप्रगतिशिल मंचहरु , स्वीसमा रहेमा सम्पूर्ण नेपाली संघ -सस्थाहरु, मेडियाहरु ,स्विसबाशी नेपालीहरु लगायत स्वीसका लागि नेपालि राजदुतलाइ कार्यक्रममा निमन्त्रणा गरिएको थियो ।उक्त अधिबेसन समारोहमा प्राय सम्पूर्ण सघ सस्थाका प्रतिनिधिहरु उपस्थित भइ कार्यक्रममा सहभागिता जनाउनु भयो। तर नेपालि राजदुताबास जेनेभाका तर्फबाट महामहिम राजदुत दीपक धिताल तथा कुनै पनि प्रतिनिधिले उपस्थित नजनाउनु भएकोमा हाम्रो गम्भीर आपति सहित खेद प्रकट गर्दछौ। कार्यक्रमको निमन्त्रण पत्र यस मन्चका तत्कालिन कोषाध्यक्ष दर्शन आचार्यले बुझाउनुभएको थियो। सोहि निमन्त्रणा पत्र नेपालि दुताबस को इमेल ठेगानामा समेत पठाईएको थियो। त्यसको केहि दिनपछि दुतबासको तर्फबाट जोली प्रधानले मंचका तत्कालिन अध्यक्ष सँग टेलिफोनमा कार्यक्रमको बारेमा जानकारी लिनु भयो र दुतावासकोको तर्फबाट प्रतिनिधि पठाउने बारेमा पुन सम्पर्क गर्ने कुरा गर्नु भयो । कार्यक्रम हुने दिन तत्कालिन अध्यक्षले महामहीम राजदुत दीपक धिताललाइ टेलिफोन सम्पर्क गर्दा विदेश भ्रमणबाट आएको हुदा धेरै थकाइ लागेको र अरु प्रतिनिधिको उपस्थित हुने भनेर जानकारी लिन खोज्दा बिचैमा टेलिफोन सम्पर्क बिच्छेद गरिदिनु भयो। नेसोफ स्विस यहाँ स्थित नेपालि समुदायको पुरानो संस्था हो र यसले स्विस समुदाय संग मिलेर लामो समय देखि मानब अधिकार,श्रम,मजदुर,महिला तथा बालबालिका विभेदका बिरुद्ध संघर्ष गरेर आफ्नो पहिचान स्थापित गरेको छ। स्मरण रहोस यो संस्थाले थुप्रै पटक स्विसको सरकारी निकाय संग पनि नेपालका मुख्य राजनीतिक दलहरुसंग बार्ता ,भेटघाट,सेमिनार तथा गोस्ठिमा समन्वय गर्दै आएकोछ। राजदुत महोदय बर्थडे ,पास्नी लगायत झिना मसिना जमघटमा बारम्बार जाने गरेको हामीलाई थाहा छ। तर संस्थागत निमन्त्रणालाइ सिदै धोती लगाएर उहाँले कसको सेवा गरि रहनु भएको छ ? सधै सबै ठाउँमा राजदुतनै उपस्थित हुनु पर्छ भन्ने छैन। के उहाँले दुतावासको प्रतिनिधि पठाउन सक्नु हुन्न ? वा कोहि पनि आउन नसक्ने जानकारी दिन सक्नु हुन्न ? राजदुत सम्बन्धित देसमा बस्ने आफ्नो समुदायको संरक्षक पनि हो। अविभावक हो र मुलुक र मुलुकवासीको उन्नति प्रगतिमा रमाउन नसक्ने विभेदकारी त्यो हुन सक्दैन भन्ने कुरामा हामि विश्वास गर्दछौं। त्यस्तो राजदुत कुनै पार्टी वा समुदाय बिशेषको पक्ष पोषण गर्ने हुनु हुदैन भन्ने कुरामा हामि दृढ छौं।
पुन पटक पटक यस्ता विभेदकारी कार्यहरु दोहोर्याउदै आफूखुसी आफुलाई मनपर्ने व्यक्ति, परिवार र सस्थालाइ मात्रै दुताबाशबाट गर्ने कार्यक्रमको निमन्त्रणा दिने, विभिन्न ब्यक्तीले गरेको नितान्त व्यक्तिगत कार्यक्रममा दुताबासको सस्थागत सहभागीता जनाउने ,साम्प्रदायिक भावाना सृजना गर्न कुनै जातिबिशेसको कार्यक्रममा मात्रै सहभागी जनाउने ,राजनैतिक पूर्वाग्रह देखाउदै कुनै पार्टी को कार्यक्रममा मात्रै उपस्थित हुने,तर (तत्कालीन) NESOF SWISS को कार्यक्रमलाई बेवास्था गरेको प्रति हाम्रो सस्थाको गम्भीर घ्यानकर्सण भएको जानकारी गराउदछौ र नेपाली दुताबाश स्विस प्रति खेद प्रकट गर्दछौं।

श्याम घले
अध्यक्ष
जनप्रगतिशिल मंच, स्विजरल्याण्ड
जुरिच
इमेल ठेगाना : [email protected]
टेलेफ़ोन : 00४१ ७८ ७२२ ३७ ९०

 

image

प्रतिक्रिया