नयाँ शक्ति जापानको प्रथम अधिबेशनमा सरिता ढकाल ले अध्यक्षको उम्मेद्बारी दिने!!!

इनेप्लिज २०७३ चैत १७ गते १०:३४ मा प्रकाशित

ध्रुब क्षेत्री, १७ फाल्गुन “सम्रिदी सम्भब छ हाम्रै पलामा हामीले नगरे कसले गर्ने” भन्ने नारा मा निहित रही बिस्व भरि छरियएर बसेका नेपालिहरुलाइ संगठित गर्ने क्रम मा नयाँ शक्ति नेपाल पार्टीले हाल सम्म विश्वका करिब ३८ राष्ट्रमामा आफ्नो संगठन निर्माण  गरि सकेको छ ! नयाँ शक्ति पार्टीले सबै विदेश स्थित अन्तर्राष्ट्रिय सङ्गठनलाइ १ राज्य  वा प्रदेश मानेको छ भने जम्मा-जम्मी नेपाल र विदेश सहित ८ प्रदेश हुनेछ! पार्टीले प्रदेश ८ मानेको प्रादेशिक कमिटि कि सदस्य तथा जापानकी चर्चित महिला समाज सेवी  तथा नयाँ शक्ती पार्टी नेपालको जापान स्थित भातृ संगठन अन्तर्राष्ट्रिय नेपाली समाज जापानकी  नेत्री सरिता ढकालले यहि जुन २५ /२०१७ मा हुन गइ रहेको नयाँ शक्ती नेपाल को प्रबास कमिटी अन्तर्राष्ट्रिय नेपाली समाज जापनको प्रथम अधिबेशनमा आफु अध्यक्षको उम्मेद्बारी दिने बताउनु भएको छ ।

समाबेसी ,समानुपातिक र समुन्नत समाजबाद उन्मुख लोकतंत्रमा दृढ़ रही नयाँशक्तिको अबको निकास आर्थिक बिकास भन्ने नीतिलाइ आत्मसाथ् गर्दै हरेक क्षेत्रमा महिलाहरु लाइ समाबेसी सहितको प्रतिनिधित्व गराइनु पर्ने र महिला लाइ राजनीति देखी राज्यको हरेक सासकिया तह र तप्कामा समाबेस गराइनु पर्ने भन्दै महिला तथा लैङ्गकि हिंसा ,चेलीबेटी बेचबिखन देखी अन्य  समस्यालाइ उर्जागत गर्दै अगाडि बढ्ने आफ्नो सिद्धान्त र बिस्वास रहेको तर यी सफलताका लागि सक्रिय राजनति र संगठनको  नैतृत्वमा पुगे मात्र आफुले अबलम्बन गरेको बिचार र सिदान्त लाइ प्रतिवादन गर्न सम्भब देखेको हुदा आगामी अधिबेसन मा आफुले अध्यक्ष पदमा उमीद्दवारी दिने बताउनु भयो ।

जापनमा महिला हिंसा देखी महिलाहरुको क्षेत्रमा काम गर्दै आएकी उनि  साहित्य समाज जापानको सकृय सदस्य पनि हुन। केहि दिन पहिले जापानमा नारी दिवसको आयोजना गरेकी उनले अब जापानमा नारी हिंसा देखी दुख पाएका नेपाली विद्यार्थी भाइ-बहिनीहरु लाइ लक्ष्तित पार्दै नयाँ किसिमले जापान  सेवामुखी र चेतना मुलुक कार्यक्रम चलाउने बताउनु भएको थियो। नयाँ शक्ती जापानमा आफु महिला नेतृत्व बर्गमा नै रहेकाले प्रतक्ष्य  रुपमा चुनाब भएपनि  आफुले जित्ने दाबी गर्दै जापानमा  महिला नेतृत्व सहितको नयाँ जुझारु कार्यसमिति को निर्माण  आगामी अधिबेशन ले ल्याउने बिस्वाश गर्दै अबको जिवन जनताको सेवाको लागी प्रतक्ष्य  राजनितीमा होमिएर बिताउने चाहना व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया