स्विटजरल्याण्डको पुरानो सस्था नेपाली एक्यबद्दता मंच (नेसोफ स्विस)को सातौ एकताको अधिबेशन यहि मार्च २६ तारिक आइतबार स्विटजरल्याण्डको राजधानी बर्नमा सम्पन्न भएको छ । सभाले संस्थाको स्थापित नाम परिबर्तन गरि नेनेपाली जनप्रतिशील मंच स्विटजरल्याण्ड तय गर्दै नयां कार्यसमिति चयन गरेको छ ।
निर्धारित समयभन्दा केहि ढिलो सुरु भएको कार्यक्रममा भाग लिन स्विटजरल्याण्डका विभिन्न सहरमा बसोबास गर्ने नेपाली तथा युरोपका विभिन्न देशहरुबाट प्रगतिशील संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु र नेपालीहरुको उपस्थिति रहेको थियो । मंचका अध्यक्ष अचुत प्रसाद फुयालको सभापतित्वमा सम्पन्न उक्त अधिबेसनको प्रमुख अतिथिमा संयुक्त नेपाली मोर्चा युरोपका अध्यक्ष सुरेन्द्र भुसाल रहनु भएको थियो भने अतिथिहरुमा नेकपा माओबादी केन्द्रका अधिबेसन आयोजक समिति सदस्य तथा युबा नेता दिपेश पुन, संयुक्त नेपाली मोर्चा युरोपका महासचिब डा.कृष्ण अर्याल, संयुक्त नेपाली मोर्चा युरोपका सचिबालय सदस्य एवं जनप्रगतिशील मंच डेनमार्कका सस्थापक अध्यक्ष उदयराज गौतम,स्थानीय क्वार्तियर कमिसन बेर्न बुमप्लिज / बेथेनह्यामका प्रमुख बेर्नार्दो अल्बेसेठीलाइ मंचमा आसन ग्रहण गराइएको थियो ।
नेपालबाट आउनुभएका कलाकारहरु बरिस्ठ संगीतकार तथा गायक चेतन सापकोटा,लोक तथा जनबादी गायक नबिन खड्का लगाएत युरोपका विभिन्न देशका मंच र मोर्चाका अध्यक्षहरु, जनसम्पर्क समिति स्विटजरल्याण्ड, प्रबासी नेपाली मंच (ओएनएफ) स्विटजरल्याण्ड,गैह्र आबासिय नेपाली संघ स्विटजरल्याण्ड, लगाएत स्विटजरल्याण्डका विभिन्न संघ संस्थाका प्रतिनिधि,स्विटजरल्याण्डका अनलाइन मिडियाहरु स्विसनेपाल डट कम र नेपाल स्विस डट कमका प्रतिनिधि,स्विटजरल्याण्डका लागि नेपाली पर्यटन दुतहरु कमल भट्ट र तेन्जिंग शेर्पा,एन आर एन पुर्ब अध्यक्ष धर्म गुरुङ लगाएतलाइ यथास्थानमा आसन ग्रहण गराइएको थियो । कार्यक्रमको संचालन मंचका महासचिब कमल केसी ले गर्नु भएको थियो । स्वागत मन्तब्य मंचका संस्थापक सदस्य युबराज फुयालले गरका थिय । स्वागत मन्तब्य राख्दै उहाले नेसोफ स्विस स्विटजरल्याण्डको सबैभन्दा जेठो संस्था भएको र यो संस्थाले सधै स्विटजरल्याण्डका नेपाली समाजलाई मध्यनजर गर्दै कार्य गर्ने गरेको र भबिस्यमा पनि सबै संघ संस्था संग हातेमालो गर्न तयार रहेको बताउनु भयो ।
प्रमुख अतिथि सुरेन्द्र भुसालले सात ओटा मैन बत्ति बालि कार्यक्रमको उद्घाटन गर्नु भयो । ज्ञात अज्ञात सहिदहरुको सम्झनामा एक मिनेट मौन धारण पश्चात नेपाली रास्ट्रिय धुनबाट औपचारिक कार्यक्रम सुरु गरियो । कार्यक्रमको सुरुवात मै स्थानीय बेर्न बुम्प्लिज / बेथेनह्यामका प्रमुख बेर्नार्ड अल्बेसेठीले उक्त कार्यक्रम आफ्नो क्षेत्रमा हुनुमा खुसि व्यक्त गर्दै आफुहरु सधै बहुसान सांस्कृति,बहुभाषिक,बहुरास्ट्रिय पद्दतिको पक्षमा रहेको भन्दै आफ्नो क्षेत्रमा बसोबास गर्न आउने सबै प्रबासी र नेपालीलाइ आफुले स्वागत गर्ने बताउनु भयो । त्यसै गरि उहाले बेर्न बुम्प्लिज/बेथेनह्यामको बारेमा,क्वार्तियर कमिसनको बारेमा र यसले गर्न लागेको आगामी कामको बारेमा स्लाइड सो मार्फत प्रस्तुति पेश गर्नु भयो । त्यसै गरि उपस्थती बिभिन्न संघ संस्था र मोर्चाका प्रतिनिधिहरुले अधिबेसनको सफलताको कामना सहित आफ्नो शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको बीच बीचमा जनबादी गायक नबिन खड्का र गायक तथा संगीतकार चेतन सापकोटाले आफ्नो सांगीतिक कोसेलीहरु प्रस्तुत गर्दै उपस्थितलाइ मनोरंजन प्रदान गर्नु भएको थियो ।
त्यसै गरि कार्यक्रमका बिशेष आकर्षक नेकपा माओबादी केन्द्रका युबा नेता दिपेश पुन ले आफुले स्विटजरल्याण्ड आएर धेरै कुरा सिकेको भन्दै अब युबा पुस्ताले राजनीतिमा हस्तक्षेपकारी भूमिका निर्बाह गर्नु पर्ने बताउंदै परिबर्तनको बाहक बन्न र एकजुट भएर देश बिकासमा लाग्न सबैमा आग्रह गर्नु भयो । देशमा अहिले मौलाएको सिके रावत प्रबिती र केपी प्रबिती दुवै देशको लागि घातक हो भन्दै सचेत रहन सबैलाइ आग्रह गर्नु भयो । यसै गरि प्रमुख अतिथि सुरेन्द्र भुसालले सम्पूर्ण प्रबासी नेपालीहरुको हितलाई मध्यनजर गर्दै काम गर्न मंचलाइ आग्रह गर्नु भयो ।
मंचबाटै दुताबासको बिरोध !!
औपचारिक कार्यक्रमको समापन गर्दै मंचका अध्यक्ष अचुत प्रसाद फुयालले यो अधिबेशनले नेपाली एक्यबद्दता मंचको नाम परिबर्तन गरि नेपाली जनप्रतिशील मंच (NPPF SWISS ) राखिएको बताउनु भयो । आफुहरुले स्थापना काल देखिनै स्विसबासि नेपालीलाइ मध्यनजर गर्दै काम गर्दै आएको बताउनु भयो । नेपालको मुक्तिकामी आन्दोलनलाइ समर्थन गर्दै आफुहरुले स्विटजरल्याण्डबाट एक्यबद्दता जनाउने गरेको बताउनु भयो । उंहाले आफुहरुले स्विटजरल्याण्डमा रहेका सम्पूर्ण संघ संस्थाहरु संग सहकार्य गर्दै आएको बताउदै सामाजिक राजनीतिक कार्यहरुमा संगसंगै हिड्न आफुहरु आगामी दिनमा तयार रहेको बताउनु भयो ।
अधिबेशनको सिलसिलामा दुताबास लगाएत स्विटजरल्याण्डमा स्थापना भएका सम्पूर्ण सघ संस्थाहरुलाई निमन्त्रणा गरिएको बताउदै दुताबासलाई बिशेष अतिथिको रुपमा निमन्त्रणा गरिएको निमन्त्रणा पत्र मंचका कोषाध्यक्ष दर्शन आचार्यले दुताबासमा बुझाउनु भएको र आफुहरुले इमेल र फोन मार्फत पनि बारम्बार सम्पर्क गर्दा पनि दुताबास जिम्मेबार तरिकाले प्रस्तुत नभएको बताउंदै राजदुत स्वयं उपस्थित हुन् नसके पनि प्रतिनिधि समेत नपठाएको भन्दै दुताबासको यस्तो पक्षपाति प्रवृतिको बिरोध गर्दै घोर भत्सर्ना गर्नु भयो । दुताबास र हालका राजदुत दिपक धितालको यस्तो कार्यले आगामी दिनमा दुताबास संगको सहकार्यको बारेमा आफुले सोच्नु पर्ने अवस्था सृजना भएको बताउंदै राजदुतलाइ सबै नेपाली र सबै संघ संस्थाको अभिभावक बन्न आग्रह गर्दै कसैलाई काखा र कसैलाइ पाखा नगर्न सचेत गराउनु भयो । कार्यक्रममा उपस्थित भइदिनु भएको सबै उपस्थितलाई हार्दिक धन्यवाद दिदै सभा बिसर्जन गर्नु भएको थियो ।
नयां कार्यसमितिको चयन
नेपाली एक्यबद्दता मंच स्विटजरल्याण्डको सातौँ एकताको अधिबेसनबाट श्याम घलेको अध्यक्षतामा दुइ सदस्य पछि थप्ने गरि १५ सदस्यीय नयां कार्यसमिति गठन गरेको छ ।
जसमा अध्यक्ष श्याम घले, उपाध्यक्ष दर्शन आचार्य,महासचिब कमल केसी, सचिब युबराज फुयाल, कोषाध्यक्ष सिता ओझा, सदस्यहरुमा क्रमस सदस्यहरुमा अचुत प्रसाद फुयाल,कुमारी गुरुङ, लक्ष गुरुङ,लेख बहादुर बिश्वोकर्मा, सन्जु बिडारी, धिरज प्रधान, फुटुंगटुंग लामा,सम्भु गौतम र अन्य दुइ पछि थप्ने घोषणा गरेको छ ।
प्रतिक्रिया