शुक्रबार, साउन १५ २०७८
काठमाडौं १७:०५
वासिङटन डिसी 07:20

प्रधानमन्त्रीसँग चिनियाँ उपप्रधानमन्त्रीको शिष्टाचार भेट

इनेप्लिज २०७३ चैत ११ गते १०:५९ मा प्रकाशित

काठमाडौँ, ११ चैत । एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन हाइनान् प्रान्तको बोआओ पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चीनका उपप्रधानमन्त्री झाङ गोलीले आज शिष्टाचार भेट गर्नुभयो ।

त्यसअवसरमा उहाँहरुबीच नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा छलफल भएकोे उहाँका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

उक्त सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आजै बोआओ पुग्नुभएको हो ।

प्रतिक्रिया