शुक्रबार, असार ४ २०७८
काठमाडौं ०६:२४
वासिङटन डिसी 20:39

बोस्टन म्याराथन दौड २०१७ को लागि नेपाली मूलका फोटो (छायाचित्र)पत्रकार बिमल नेपाल आधिकारिक रुपमा नियुक्त

इनेप्लिज २०७३ चैत ११ गते ०:३५ मा प्रकाशित

अमेरिकाको बोस्टनमा झन्डै डेढ दशक देखि बस्दै आएका नेपाली मुलका छायाचित्र पत्रकार बिमल नेपाललाई बोस्टन म्याराथन दौड २०१७ को लागि आधिकारिक फोटो पत्रकारको रुपमा नियुक्त गरेको छ l उन्ले आफुलाई यस दौडको लागि नियुक्त गरेको सामाजिक संजाल अनुहार कितावमा उल्लेख गरेका छन् l

बोस्टन बिश्व बिद्यालय बाट फोटोग्राफी अध्ययन गरेका नेपाल सम्भवत एक मात्र नेपाली मुलका आधिकारिक रुपमा बोस्टन म्याराथन दौड २०१७ को लागि फोटो पत्रकार छनौट भएका छन l ईनेप्लिज संग कुरा गर्दै आफुले यसै बिषयमा अध्ययन गरेको र बिश्व कै सबै भन्दा पुरानो तथा बिश्व बाट खेलाडीहरु सहभागी हुन् आउने भएकोले आफु उत्साहित भएको बताए l

आगामी अप्रिल १७ ,२०१७ सोमबार प्याट्रीअट डे ( देश भक्त ) दिवसको उपलक्ष्यमा बोस्टन म्याराथन दौड २०१७ आयोजना हुने भएको छ l हरेक बर्ष यहि दिन नै आयोजना हुने उक्त दौड बोस्टनका थुप्रै शहरहरुको आतिथ्यमा बार्षिक बोस्टन म्याराथन दौड हुने गर्छ l

बोस्टन म्याराथन विश्व कै सवै भन्दा पुरानो बार्षिक म्याराथन हो भने ब्रम्हाण्ड कै चर्चित सडक दौड प्रतियोगिता हो l सन् १८९७ बाट सुरु भएको म्याराथन दौड बोस्टन एथलेटिक एसोसिएसन(बिएए) ले व्यवस्थापन गर्दछ l

यसले करिव पाँच लाख दर्शकलाई आकर्षण गराउदछ l सन् २०१३ को बोस्टन म्याराथन दौडमा भएको बम आतंक आक्रमणमा ३ जनाको ज्यान गएको थियो भने करिव २ सय ६४ जना घाइते भएका थिए l उक्त घटना अप्रिल १५ २०१३ का दिन दौडको अन्तिम रेखा नजदिक बम पडकिएको थियो l

म्याराथन अङ्ग्रेजी शब्द हो जसको अर्थ लामो दुरीको दौड हुन्छ। कुनै पनि दौड म्याराथन हुनलाई यसको दूरी कम्तिमा पनि ४२.१९५ किलोमिटर हुनु पर्ने मापदण्ड रहेको छ।

प्रतिक्रिया