आदरणीय अमेरिकावासी नेपाली दाजु भाई तथा दिदी बहिनीहरूमा नमस्कार !
सबै आम नेपालीहरुले जस्तै मैले पनि ठुलो सपना बोकेर प्यारो मातृभूमि नेपाल लाई छोडेर अमेरिकाको न्यूयोर्कमा बस्दै आएको झन्डै ६ वर्ष हुन लाग्दै गर्दा शुरुका दिनहरुमा नयाँ ठाउँ,आफ्नो देश भन्दा निकै फरक दुननीयाकै “सपना को देश” भनेर चिनिने देशमा मलाई पनि सपनाको यो संसार भनिने शहरमा अरु सबै समुदायले जस्तै आफ्नो नेपाली सामुदायलाई खोज्दै जादाँ, जहाँ आफ्ना धेरै नेपाली समुदायहरुको बस्ती त्यहाँ पुग्ने ठुलो अबसर सहजै मिलेको मैले अनुभुती गरे |
जन्मभूमि बाग्लुङ् गल्कोट घर भई कर्मभूमि अमेरिकामा सामाजिक सेवा गर्ने हेतुले “जहाँ इच्छा त्यहाँ उपाय “भने जस्तै त्यो आफ्नो सपना, आफ्नो आत्मसन्तुष्टीका लागि मैले बाल्यकाल देखि देख्ने सपना सामाजिक सेवा मेरो अत्याधिक रुचिको विषय हो । आफ्नो सौभाग्यले गर्दा होला म अमेरिकाको यस्तो व्यस्त शहरमा पाइला टेके जहाँ आफ्नो व्यस्थताको वावाजुद पनि हामी जस्ता व्यक्तिहरूले स्वदेशमा सामाजिक सेवा गर्ने हेतुले धेरै विभिन्न संघसंस्थामा आबद्ध भएर सामाजिक सेवा दिएको पाए ।
कुनै कुनै यस्ता पनि संघ संस्थाहरू देखे जुन जातीय हिसाबमा केन्द्रित भएको आवास भयो तर मेरो आफ्नो विचारमा समाज सेवा भनेको जातीयतामा मात्रै केन्द्रित नभएर सम्पूर्ण मानव जगतको हितको निम्ती हुनु पर्छ | यसैगरी समाज सेवामा नै आबद्ध भएर काम गर्ने क्रममा म एक नेपाली र मेरो जन्म जिल्ला बाग्लुङ् गल्कोट, भएको कारण बागलुङ सेवा समाज अमेरिका पनि स्थापना भए नभएको जान्नको लागि मलाई कौतूहल लाग्यो ।
बागलुङ जिल्ला नेपालको एक आफ्नै मौलिकता बोकेको जिल्ला हो | जहाँ विभिन्न प्राकृतिक सौन्दर्यताको साथै विभिन्न जातजाती, भाषा, धर्म र संस्कृतिले सजिएको पहाडी जिल्ला हो । जसलाई हाल संघियताको संरचनाले प्रदेश नं ४ ले चिनिन्छ । नेपालको ७५ जिल्लाका मानिसको कर्म थलोको रूपमा चिनिएको अमेरिकामा बाग्लुङ् सेवा समाज अमेरिका स्थापना नभएको र अब हामी पनि बाग्लुङ् सेवा समाज स्थापना गराउने उद्देश्यले केही अरु साथीहरु र म आफै सामाजिक संजालको माध्यमबाट बाग्लुङ् घर भई हाल अमेरिकामा बसोबास गर्दै आउनु भएका सम्पूर्ण व्यक्तिहरूलाई सामाजिक सञ्जालमा आबद्ध गराउँदै बाग्लुङ् सेवा समाज अमेरिका अन्तत: January 26, 2015 मा श्री हरी प्रसाद शर्माज्यूको अध्यक्षतामा दीर्घकालीन रूपमा अमेरिकाको प्रत्येक राज्यमा च्याप्टर गठन हुने गरी १०० जनाको कार्य समितिहरू र सल्लाहकार राखेर बागलुङ सेवा समाज अमेरिका न्यूयोर्कमा गठन गर्यौ |
मलाई पनि नवानिर्वाचित समितिले संस्थाका सबै जिम्मेवार व्यक्तीहरुले महासचिव जस्तो गरिमामय पद जिम्मेवारीको रूपमा दिनुभयो । हामीले आफ्नो जिम्मेवारी राम्रो संग बहन गर्दै विभिन्न कार्ययोजना अगाडी बढाउने क्रममा हाम्रो जन्म भूमि नेपालमा ठूलो प्रकृतिक विपत्ति आई लाग्यो ।
म आफू लगायत हाम्रो सम्पूर्ण समूह (टिम) अहोरात्र खटिएर न्यूयोर्कको अन्य संघसंस्थाहरूले भन्दा धेरै रकम संकलन गरेर हाम्रो समाजका वरिष्ठ व्यक्तिहरू जन्म भूमि गई जहाँ आवश्यकता त्यही अनुसार राहत वितरण गरेर आफ्नो कर्म थलो फर्किनु भयो । जुन कामलाई सबैले आत्मसाथ गरि निकै खुशी व्यक्त गर्नु भएको थियो र यहाँहरूलाई अवगत भएकै कुरा पनि हो । न्यूयोर्कमा अहिले सम्मको ६ वर्षको अवधिमा धेरै नेपाली संघ संस्थासँग आबद्ध भई समाज सेवा गर्ने मौका पाएको छु । करीव तिन पटक NRN-NCC of USA को निर्वाचनमा म आफै प्रत्यक्ष संलग्न भएर NRN अमेरिका लाई धेरै सयोग गरेको कुरा यहाँहरु सबै NRN-NCC of USA का पूर्व र वर्तमान पदाधिकारीहरूलाई अवगत भएकै कुरा हो |
अहिलेसम्म NRN-NCC of USA मा संलग्न भएर काम गर्दै जाँदा यस संस्था प्रति आम नेपालीको सोचबिचारमा वितृष्णा जागेको मैले पाए र अझै नयाँ पिडीको न्यून प्रतिनिधित्व भएकाले यस संस्थामा आवद्ध भएर अझै कृयाशिल नयाँ सोच बिचारका साथ युवा जनशक्तीलाई सम्लग्न गरेर यस संस्थालाइ प्रगती तर्फ लैजानु नै मेरो उद्देस्य रहेको छ |
त्यसैले अब यस संस्थालाई म लगायत नयाँ युवा शक्तीको नेतृत्वको आवस्यकता भएकोले अबका नयाँ युवा शाक्तिलाई उत्साह, जाँगर एवं जोशका साथ “मेंन स्ट्रिम “मा महत्वपुर्ण भूमिका खेल्नको निम्ती यस NRN-NCC of USA ले महत्वपुर्ण भूमिका खेल्नु पर्ने र यस संस्थाको प्रतिनिधित्व गर्ने अवसर दिनु पर्दछ भन्ने मेरो मान्यता रहेको छ | त्यसकारण भविश्यमा यस संस्थाले सफलताको सिखर चुम्ने कुरामा म आफै धेरै नै विश्वस्त छु |
त्यसकारणले विगत देखि अहिले सम्म गरेको समाज सेवा अव अझै झन् धेरै काम गर्न सक्ने आँट, जोश, जाँगर र प्रेरणा यहाँहरूले मलाई प्रदान गर्नु हुने छ भन्ने मैले पूर्ण विश्वास लिएर आसन्न NRN अमेरिकाको लागी Board of director मा मेरो उम्मेदवारी घोषणा गरेको छु । आशा छ हजुरहरुको अमुल्य भोटले मलाई विजयी बनाई हजुरहरुको अपेक्षा अनुरुप यस संस्थालाई सफलता तर्फ उन्मुख गराउन सयोग गराउनु हुनेछ |
हजुर हरुले दिएको प्रत्येक भोट, मेरो लागी भोट मात्र नभई हजुरहरुले दिएको हौसला, जाँगर, जोश, साहस, सयोग, माया, आशिर्वाद र आफ्नो मातृभूमिप्रतिको सेवा गर्ने सुनौलो अवसर हुनेछ | हजुरहरुको विस्वासलाई सदैव आत्मासाथ गरि यस संस्थामा कार्यरत रहने छु ।
जय नेपाल !
प्रतिक्रिया