संस्कृति जगेर्ना गर्न स्विसबासि शेर्पाहरूले खोले शेर्पा समाज

इनेप्लिज २०७३ चैत १० गते १३:१७ मा प्रकाशित

फेब्रवरी १८ मा स्विसबासि शेर्पाहरूले २१४४ औॅ मे मो च्या ल्होको आबसर पारि बासेल ल्याण्डको एप्तिङ्गेनमा बौद्ध धर्मालम्बिहरूको महान चाड लोसार धुमधामका साथ मनाएका थिय । सो आबसरको दिनमा छेवाड़ शेर्पाले धार्मिक बिधि पुर्वक पुजा गरि कार्यक्रम शूरूवात गरेका थिय । लोसारको शुभकामना आदान प्रदान गर्दै लोसार कार्यक्रम सुरु गरेका थिय ।

आगामी बर्षहरूमा पनि स्विस शेर्पा समाजले बौद्ध धर्मालम्बिहरूको महान चाड लोसार पर्व र बुद्ध जयन्ती कार्यक्रम आयोजना गरि स्विसबासि नेपालीहरु सँगै एकै थलोमा मनाउने प्रतिबद्धताका साथ पूला शेर्पाको अध्यक्षतामा ११ जनाको स्विस शेर्पा समाजको कार्यसमिति गठन भएको छ।

पुला शेर्पा अध्यक्षतामा, डण्डी शेर्पा र पासाङ्ग नुरी शेर्पा उपाध्यक्ष, ओङ्ग्देल शेर्पा महासचिब, मिङ्गमार शेर्पा सहासचिब, जँगा शेर्पा कोषाध्यक्ष ,यूवा सँयोजक जाड़बु शेर्पा, पूजापाठ गुरू छेवाड़ शेर्पा,
सदस्यहरु : कुन्जाड़ शेर्पा, फूर्वा शेर्पा र मिङ्ग्मार शेर्पा,
त्यस्तै सल्लाहकारमा तेञ्जिङ्ग शेर्पा र मिङ्ग्मार शेर्पा चुनिएका छन्।

भाषा र विभिन्न जात जाति भएको हाम्रो देश नेपालमा शेर्पाहरुको धर्म र संस्कृति जगेर्ना गरि राख्ने हेतुले शेर्पा समाज खोलिएको हो । आफ्नो मातृ भुमि देखि टाढा रहेर बसेका हामी सर्व प्रथम सम्पूर्ण एक नेपाली हौँ । हाम्रो देश र धर्म संस्कृतिलाइ चिनाउने धारणा रहेको छ ।

प्रतिक्रिया