श्रीजन ताम्राकार, कुनै चिरपरिचित पुरानो चिने जानेको साथी पनि हैन न त म संग कुनै रगतको नाता नै छ तर उसले हाम्रो समाज र मेरो लागि जुन दायित्व निभाएको छ यसै कारण आज मेरो लागि र हाम्रो समाजको लागि सम्मानको एक पात्र भएर उभिएको छ। भनिन्छ नि सत्य लुकाएर लुक्दैन र उज्यालोलाई हत्केलाले छेकेर छेकिन्न, हो यो कुरा आज साँचो भएको छ।
मेरिल्याण्डको छिमेकी राज्य भर्जिनियाका स्थानीय खेलाडी मलाई मेरिल्याण्ड, यसको वरपर र यति मात्र नभएर बिश्वभर चिनाउन आज महत्वपूर्ण भूमिका खेलेको ब्यक्ति हो श्रीजन ताम्राकार । इमान्दारितापूर्वक भन्नुपर्दा उसले नेपाल राष्ट्रको एक खेलाडीलाई उसको अनमोल मूल्य दिएको छ। हरदिन सत्कर्ममा लागिरहन मलाई झक्झकाईरहने र विश्व जित्न सक्ने हिम्मत र उत्प्रेरित गर्ने ब्यक्तिहरु मध्येको एक महत्त्वपूर्ण ब्यक्ति हो। उसले नि:स्वार्थ रुपमा गरिरहेको समाजसेवाको म एक प्रत्यक्षदर्शी ब्यक्ति हुँ। यहाँ धेरै थिए केहि गर्नु पर्छ भन्नेहरु, मुखमा राम राम बगलीमा छुरा राखेर मौकामा चौका फोर्न खोज्नेहरु मैले धेरै देखेको भेटेको छु ।
मैले अघि नै भने नि ६ महिना अगाडि सम्म पनि अमेरिकामा
श्रीजन ताम्राकारलाई, नजिकबाट भेटेको चिनेको ब्यक्ति होइन न कुनै नजिक वा टाढाको आफन्त नै। उसले यहि बोलेको थियो- “दाई, म तपाईंलाई बाल्टिमोर मेरिल्याण्डको समाजमा चिनाउन चाहन्छु, तपाईं जस्तो प्रतिभावान खेलाडी देशको अमुल्य गहना हुनुहुन्छ, तपाईंले संसार जित्नसक्नुहुन्छ र तपाईंको सम्मान हुनुपर्छ र यो काम म गर्न चाहन्छु।”
पहिला त उसले मेरो अन्तर्वाताको लागि बिलायो त केही कुराहरु सोधेको थियो। त्यस समयमा मेरो मनमा विभिन्न प्रश्नहरु उठेको थियो, ए उसले पनि पत्रीका चलाउन अन्तर्वाता गरेको होला भन्थाने तर तर साँचै नै उसले जे अन्तर्वाताका क्रममा मसंग गरेको बाचाहरु थियो र बोलेको थियो त्यो कुराहरु सबै पुरा पनि गर्यो। दाई म खेलाडीहरु सबैको सम्मान गर्न चाहन्छु भनेको थियो र एउटा कार्यक्रममा त्यो सफलतापुर्वक पुरा पनि गर्यो। म लगायत थुप्रै स्थानिय खेलाडीहरु सम्मानित भए एन.आर. एन. संगको सहकार्यमा एक भब्य कार्यक्रम बिच जसको सम्पुर्ण श्रेय श्रीजन ताम्राकारलाई दिनु पर्दछ। यसरी स्थानीय खेल र खेलाडीलाई जोड्ने प्रयास यो भन्दा पहिले सायद भएको पनि थाहा छैन ।
त्यति मात्र नभएर मलाई गिनिस बुक अफ् वर्ल्ड रिकर्डको लागि पूर्ण रुपमा सहयोग गर्ने ब्यक्तिहरु मध्ये पनि उनी पनि प्रमुख हुन। यति मात्रमा कुरा कहाँ तुंगिन्छ र ?? रातारात लोगो पोस्टर, समाचार बनाइ दिन्थे संसारलाई झकझकाउँथे। त्यो लोगो जुन उसले मेहनत गरेर बनाएको छ। मेरो एउटा लोगोको हिसाब मैले बाहिर सोध्न गए जुन डिजाइन बनाउन $२२५.०० भन्यो। उसले बनाएका सुन्दर डिजाइनहरुले धेरै नेपाली समुदाय, धेरै धेरै विभिन्न संघसंस्थाहरुलाई सहयोग गरेको छ र मन पनि जितेको छ । यसरी नै उसैले शुरु गरेको “मेरिल्याण्डका हामी नेपाली” संजालबाट आज धेरै धेरै ब्यक्ति र संघसंस्थाहरुलाई प्रत्यक्ष सहयोग गरेको छ भने भर्जिनिया, मेरिल्याण्ड र डि.सी क्षेत्रका नेपालीहरुलाई संसारसंग जोडेको छ। जुन काम ज्यादै कम संख्यामा धेरै संख्यामा रहेका पत्रकारहरुले पनि गरेको पाईदैन।
अब मेरिल्याण्डवासीहरु आफैले सोंच्नुस रातदिन, घामपानी, परिवार काम नभनी समाजको हितका लागि गरेका यी प्रयासहरु के यो निस्वार्थ समाजसेवा हैन त? उसले गरेको हरेक कामहरु देख्दा म त छक्क पर्छु । उसले यत्रो समाज प्रति समय खर्च गरेर परिवारको समस्या कसरी धानेको होला । अब म यस्तो समाजसेवी बेक्तीलाई मेरो रगतको नाता जस्तै ठुलो मन छ मेरो लागि भन्दा कसैलाई चित्त दु:ख्छ भने म माफि चाहन्छु।
मलाई समाजले के भन्छ हैन , समाजलाई कसले राम्रो गर्छ भन्ने सोँच राखेर हिंड्ने ब्यक्ति भएकोले “श्रीजन ताम्राकार ” जस्तो ब्यक्ति, भाइ र साथीलाई हाम्रो समाजले पनि पूर्ण रुपमा काम गर्ने अवसर दिनै पर्दछ भन्दै उहाँको हरेक पाईलाहरुले सफलता पाओस् भनी कामना गर्न चाहन्छु।
प्रतिक्रिया