मंगलबार, साउन १९ २०७८
काठमाडौं २२:०५
वासिङटन डिसी 12:20

युवकहरुबीच झडप एकको मत्यु, तीन गम्भीर

इनेप्लिज २०७३ चैत ५ गते १२:३३ मा प्रकाशित

इटहरी, ५ चैत । धरान उपमहानगरपालिका–१५ स्थित गणतन्त्र चोकमा युवकहरुबीच आज मध्याह्न झडप हुँदा सोही स्थानका २५ वर्षीय भक्तबहादुर राईको मृत्यु भएको छ ।

मृतक राईले आफ्नो घर अगाडि आइसक्रिम बिक्रेताबाट आइसक्रिम किनेर खाइरहेको अवस्थामा पैसा तिरेको वा नतिरेको विषयमा सोधखोज गर्न थालिएपछि भक्तबहादुरले एक जमात युवालाई कुटपिट गरी लखेटेका थिए । घटनास्थलबाट भागेर गएका ती युवाले केही समयपछि खुकुरी र चक्कुसहित अन्य साथीहरु लिएर भक्तबहादुरमाथि आक्रमण गर्न आएका थिए । युवाको कुटाइ र छुरा प्रहारबाट भक्तबहादुर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

उनको उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएपछि मृत्यु भएको थियो । आक्रमणमा संलग्नमध्ये सोही स्थानका १९ वर्षीय शुक्रराज राई, १७ वर्षीय प्रज्वल तामाङ र १९ वर्षीय रतन खत्री घाइते भएको र उनीहरुलाई पनि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक राजन पराजुलीले जानकारी दिनुभयो ।

घटनामा संलग्नमध्ये धरान–१५ कै पवन परियार, किशोर राई र बन्नु परियार फरार छन् । घाइते तीन जनाको प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया