आइतबार, साउन १० २०७८
काठमाडौं १५:०९
वासिङटन डिसी 05:24

एनआरएनए जापानको मोवाईल एप्स मार्फत सदस्यता लिन सकिने (भिडियाे सहित)

इनेप्लिज २०७३ फागुन ३० गते १६:१९ मा प्रकाशित

गैरआवासीय नेपाली संघ एनआरएनए जापानले नयाँ सदस्यता वितरण अब मोवाईल एप्स मार्फत गर्ने भएको छ।

आईतवार एक पत्रकार सम्मेलनको आयोजना गरेर नयाँ सदस्यता लिने र पुराना पंजिकृत सदस्यहरुले समेत एप्स मार्फत नै नविकरण गर्न सकिने जनाएको छ। अब झोलामा सदस्यता फारम लिएर हिडने दिनको समाप्ति गरिएको भन्दै एनआरएनए जापानका अध्यक्ष सुदन थापाले आधुनिक प्रणाली मार्फत नै सवैले खुल्ला रुपमा सदस्यता लिन र नविकरण गर्न सकिने दावी गर्नुभयो।

आईतवार राती १२ बजेबाट सर्वसाधारणका लागि खुल्ला गरिएको आईफोन प्रयोगकर्ताहरुका लागि मात्र उपलब्ध गराईएको एनआरएनए जापान नामक मोवाईल एप्सबाट यस्तो सुविधा दिईएको थापाले जानकारी दिनुभयो।

अगष्ट १३ मा केन्द्रीय अधिवेशन मिति सार्वजानिक
यसैबीच एनआरएनए जापानले आगामी अगष्ट १३ तारिकका दिन केन्द्रीय अधिवेशन सम्पन्न गर्ने मिति सार्वजानिक गरेको छ। भने दुई सेप्टेम्वरसम्ममा केन्द्रीय निर्वाचन सम्पन्न गरिसकिने छ।

टोकियो सिनओकुवोमा पत्रकार सम्मेलन मार्फत अध्यक्ष सुदन थापाले अधिवेशन मिति सार्वजानिक भएसंगै निर्वाचनका लागि निर्वाचन समिति समेत छिट्टै गठन हुने जानकारी दिनुभयो।

एनआरएनए जापानको आगामी कार्यतालिका सार्वजानिक क्रममा अध्यक्ष थापाले मार्च १२ तारिकबाटै नयाँ सदस्यता आवेदन खुल्ला भएको घोषणा गर्नुभयो। सार्वजानिक नयाँ कार्यतालिकामा ३० मे २०१७सम्ममा ईच्छुक महानुभावहरुले सदस्यता आवेदन दिनसक्ने बताउनुभयो। यस्तै जुन ५ तारिकका दिन पहिलो नामावली सार्वजानिक गरिने, ६-९ जुनसम्म प्रकाशित नामावली माथी दावी बिरोध सहित १० जुनका दिन अन्तिम नामावली प्रकाशित गरिने जनाईएको छ।

१५ जुलाईसम्म १३ क्षेत्रिय समिति अधिवेशन
यस्तै १५ जुलाईसम्म १३ क्षेत्रिय समिति अधिवेशनसम्पन्न गर्ने मिति सार्वजानिक गरिएको छ। हल कायम रहेका १२ क्षेत्रिय समितिमा सेन्दाई क्षेत्रलाई तोहोकु क्षेत्रिय समिति गठन गरि १३ क्षेत्रिय समिति पुरयाईने जनाईएको छ। सेन्दाईमा पहिलो पटक समिति गठन हुन लागेको हो।

२४ अगष्टमा तीन फेष्टिवल आयोजना हुने
यस्तै २४ अगष्टका दिन टोकियोमा नेपाली महिलाहरुको महान चाड तीज कार्यक्रमको आयोजना गरिने जनाईएको छ। एनआरएनए जापान सदस्य सविता श्रेष्ठको संयोजकत्वमा तीज कार्यक्रममो तयारी गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो।

img_0872

२६-२७ अगष्टमा युएनो पार्कमा नेपाल फेष्टिवल आयोजना गरिने
यसैवीच एनआरएनए जापानको आयोजनामा आगामी २६ र २७ तारिकका दिन टोकियोको युएनो पार्कमा यस पटककको नेपाल फेष्टिवल कार्यक्रमको आयोजना गरिने भएको छ।

पत्रकार सम्मेलनमा गत वर्ष योयोगी पार्कमा भव्य रुपमा आयोजना गरिएको नेपाल फेष्टिवल पश्चात प्राविधिक कारणवस युएनो पार्कमा आयोजना गर्न लागिएको जानकारी दिनुभयो । युएनो पार्कमा हुने नेपाल फेष्टिवलका लागि वर्तमान कार्यसमितिले समेत व्यापक तयारी गर्ने जानकारी दिदै कार्यक्रममा सहभागिहरुसंग फेष्टिबल सफल बनाउनका लागि गर्नुपर्ने तयारी विषयमा सुझाव समेत लिइएको थियो।

नेपालमा पर्यटन बढाउन दत्तचित्त भएर लाग्नुस हामी सहयोग गछौः पूर्वपर्यटन मन्त्री गुरुङ
एनआरएनए जापानको आयोजनामा भएको पत्रकारसम्मेलनमा सहभागि हुनु भएका नेपाल सरकारका पूर्वपर्यटन मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सचिव पृथ्वी सुब्बा गुरुङले नेपालमा पर्यटन प्रर्वधनका कार्यक्रम एक जुट भएर लाग्नु पर्ने आवश्यकता रहेको बताउनुभयो।

नेपाल फेष्टिबल २०१७को तयारी सम्वन्धमा भएको छलफल पश्चात सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री गुरुङले नेपालमा पर्यटन प्रर्वधनसंगै पर्यटकिय क्षेत्रको पूर्वाधार विकासमा समेत सहभागि हुन जापानवासी नेपालीहरुलाई आग्रह गर्नुभयो। जापान लगायतका केही मुलुकमा रहेका गैरआवासीय नेपालीहरुसंग नेपालको पर्यटकीय क्षेत्रको निमार्ण र संरचना व्यवस्थापनका लागि हातेमाले गर्नुपर्ने भन्दै उहाँले यसका लागि आफुले नेपाल सरकारसंग विशेष पहल गर्ने आश्वासन दिनुभयो।
img_0875

नेपालमा पर्यटन बढाउन तीन कुरा भए पर्याप्तः एसिया प्यासिफिक संयोजक थापा
यसैबीच कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए एसिया प्यासिफिक संयोजक किरण विक्रम थापाले नेपालमा पर्यटन बढाउन तीन कुरामा ध्यान दिए पर्याप्त हुने धारणा राख्नुभयो। टुरिजम, बुद्धिजम र हिन्दुईज्ममा ध्यान दिए पर्यटकको ओईरो लाग्ने भन्दै उहाँले यसका लागि सवैपक्ष सकारात्मक भएर लाग्नुपर्ने बेला आएको जानकारी दिनुभयो।

कार्यक्रममा यहाँले आगामी १८ र १९ तारिकका दिन मलेसियाको राजधानी क्वालाम्पुरमा हुन लागेको एसिया प्यासिफिक क्षेत्रिय सम्मेलन सफल बनाउन सहभागिताका लागि आग्रह गर्नुभयो।

समारोहमा एनआरएनए आईसिसि सदस्य ओम गुरुङले सहभागिहरुको जिज्ञासालाई सम्वोधन गर्नुभएको थियो। कार्यक्रमकाे स‌ंचालन एनअारएनए जापानका महासचिव अनुज थापाले स‌चालन गर्नुभएकाे थियाे।img_0873

भिडियाे:

 

नेपाली उत्पादन प्रवर्द्धन गर्न एनआरएनए जापान र उद्योग मन्त्रालयबीच सम्झौता (फोटो फिचर)

 

प्रतिक्रिया