शनिबार, साउन १६ २०७८
काठमाडौं ०२:०९
वासिङटन डिसी 16:24

डीसी तथा भर्जिनिया एलेकज्यानड्रीया वासीले एटिएनटी बाट ९-१-१(9-1-1) गर्न नसक्ने

इनेप्लिज २०७३ फागुन २६ गते ३:३० मा प्रकाशित

एटिएनटीका अधिकारीले डीसी तथा भर्जिनिया एलेकज्यानड्रीयाका वासीले एटिएनटी बाट प्रहरीको आकस्मिक सेवा बुधबार राती ९-१-१ डायल (घन्टी )गर्न नसक्ने आकस्मिक खबर दिएका छन् l डिसी तथा भर्जिनियाको एलेकज्यानड्रीयामा बसोबास गर्ने र एटिएनटी प्रयोग कर्ताले एटिएनटी सेवामा केहि समस्या आई परेकोले उक्त जानकारी आधिकारिक रुपमा डीसी शहरका अधिकारीले दिएका छन् l

राष्ट्रभर सेवामा रोकावट आएको अनुभव गरिएकोले एटिएनटीका ग्राहकले ९-१-१ मा आकस्मिक परेमा अस्थाई रुपमा त्यसको विकल्पको लागि आकस्मिक सेवाको लागि २०२-३७३-३७०० गरेर अर्को २ मा डायल (घन्टी ) दिन सक्ने बताएका छन् l

यस्तै गरि अन्य स्थान र सहरहरु कोलोराडो ,इन्डीयाना र टेक्ससमा पनि यस्ता समस्या भएको जनाएको छ l एटिएनटीका प्रवक्ताले छिटो भन्दा छिटो समस्याको समाधान गर्ने जनाएको छ l र असुविधाको लागि क्षमाप्रार्थी जनाएको छ l

यसै गरि भर्जिनिया एलेकज्यानड्रीयाका एटिएनटीका ग्राहकले ९-१-१ को बदलामा ७०३-७४६-४४४४ मा कुरा गर्नु पर्ने एनबिसी वाशिंगटनले ताजा समाचार लेखेको छ l

प्रतिक्रिया