शुक्रबार, साउन १५ २०७८
काठमाडौं १२:३१
वासिङटन डिसी 02:46

आरआर क्याम्पसमा तनाव, एकअर्का विरुद्ध नारावाजी

इनेप्लिज २०७३ फागुन २३ गते ५:३४ मा प्रकाशित

काठमाडौं, २३ फागुन । काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको माग गरेर एमाले निकट अनेरास्ववियुका कार्यकर्ताले नाराबाजी गरेका छन् ।

अनेरास्ववियुका कार्यकर्ताहरूले स्ववियुको निर्वाचन छिटोभन्दा छिटो गर्नुपर्ने भन्दै नारावाजी गरेका हुन् ।

पूर्व कार्यतालिका अनुसार सोमबार बिहान ८ बजेदेखि मतदान हुने कार्यक्रम थियो । निर्वाचन आयोगले आचार संहिता देखाउँदै मतदान रोक्न भनेपछि आरआर क्याम्पस प्रशासनले निर्वाचन कार्यक्रम अगाडि नबढाएको स्रोतको भनाइ छ ।

उता, माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)ले भने स्ववियु निर्वाचनका बेला आरआर क्याम्पसमा एमाले निकट अनेरास्ववियुले मतदातामा धाँधली गरेको भन्दै निर्वाचन रोक्न माग गरेको छ ।

नेपाली कांग्रेस निकट नेविसंघले एमाले निकट अनेरास्ववियुले फर्जी विद्यार्थी भर्ना गरेको भन्दै उम्मेदवारी नै दर्ता गरेको छैन ।

तीन ठूला विद्यार्थी संगठनहरू एकअर्का विरुद्ध उत्रिएपछि शान्ति सुरक्षा बनाउने आरआर क्याम्पस आसपासमा ठूलो संख्यामा प्रहरी तैनाथ भएका छन् ।

प्रतिक्रिया