हाम्बर्ग जर्मनी, २१-फेब्रुअरी-२०१७
मगर समाज जर्मनीद्वारा आयोजित माघे संक्रान्ति साँझ २०७३ यसै हप्ता जर्मनीको प्रसिद्ध ब्यापारिक शहर हाम्बर्गमा धुमधाम संग सम्पन्न भएको छ ।
जर्मनीभरका मगरसमुदाय र अन्य नेपालीहरुको उपस्थितिमा सम्पन्न सो माघे सक्रान्ति साँझ कार्यक्रमको संचालन नितु राना मगरले गर्नु भएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि बिश्व मगर संघ बेल्जियमका संयोजक बिरमान घर्ति मगरले गर्नु भएको थियो
सो अबसरमा प्रमुख अतिथि मगरले संबिधान संसोधन स्वागतयोग्य कदम भएको बताउदै नेपालमा पहिचान सहितको संघियता अपरिहार्य रहेको बताउनु भयो , भाषिक संघियता भएको बेल्जियम र जर्मनीको उदाहरण दिदै प्रगतिको कडी नै संघियता हो भन्नु भयो ।
नेपालमा केन्द्रीकृत राज्यसत्ताले गर्दा हामी परदेशिनु परेको तितो यथार्थतालाई आत्मसाथ गर्दै केन्द्रीकृत नेपालको राज्यसत्ता विकेन्द्रीकृत हुदै गएको अवस्थामा पहिचान र सामर्थ्यको आधारमा संघियता भए मात्र पूर्ण नेपाल हुने र जर्मनी र बेल्जियम जस्तै बिकसित हुने दाबी गर्नु भयो ।
यसर्थ पूर्ण समानुपातिक र समाबेशी भएको मुलुक नेपाल भए कोही पनि परदेशी जीवनयापन गर्न बाध्य नभई स्वदेश मै रम्ने अबस्था आउने बताउनु भयो ।
कार्यक्रमको सभापतित्व संस्थाका संयोजक माया थापा मगरले गर्नु भएको थियो । त्यस्तै गरि विशेष अथितिमा तमु समाज जर्मनीका अध्यक्ष लाल गुरुङ ,किरात राई यायोक्खा युरोपका जर्मनी संयोजक साँगु राई लगायत बेल्जियम मगर समाजका सल्लहाकार मिलन थापा मगर र कमला पुन मगर रहेका थिए भने उपस्थिति सबैलाई समी रोकाले न्यानो स्वागत आफ्नो मन्त्रमुघ्ध मन्तब्यबाट गरेकी थिइन ।
कार्यक्रमका सभापति सस्थाका संयोजक माया थापा मगरले नेपालबाट आउनु भएका कलाकार गगन पुन र बिष्णु मायाँ गुरुङलाई खादा ओढाई सम्मान गर्नु भएको थियो भने उपस्थित चेलीहरुलाई कार्यक्रमका प्रमुख अतिथि बिरमान घर्ति मगर र विशेष अथितीले खादा ओढाई सम्मान गर्नु भएको थियो ।
कार्यक्रमको मुख्य आकर्षण नेपालबाट आउनु भएका ख्यातिप्राप्त कलाकारहरू बिष्णु मायाँ गुरुङ र गगन पुनले कौडा ,झ्याउरे ,सालेजो ,पन्चेबाजा लगायत लोक आधुनिक गीत प्रस्तुत गरेर उपस्थित दर्शक र श्रोताहरुको मन जित्ने र सबैलाई नचाउन सफल बनेका थिए ।
कार्यक्रममा खाना तथा पेय पदार्थ र कार्यक्रम हलको स्पोन्सर माया थापा तथा टिका क्षेत्रीले गर्नु भएको थियो भने कार्यक्रम संयोजक माया थापा ,समी रोका र प्रमुख अतिथिले कलाकारहरूलाई प्रशंशापत्र र मायाँको चिनो प्रदान गर्नु भएको थियो ।
प्रतिक्रिया