शुक्रबार, साउन १५ २०७८
काठमाडौं १४:२५
वासिङटन डिसी 04:40

उपराष्ट्रपतिको पुनको अवस्था बुझ्न प्रधानमन्त्री अस्पतालमा

इनेप्लिज २०७३ फागुन १६ गते १६:५२ मा प्रकाशित

काठमाडौँ, १६ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनको स्वास्थ्य अवस्थाका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी लिनुभएको छ ।

विगत चार दिनदेखि रिंगटा लाग्ने, बान्ता आउने, ज्वरो आउने समस्या रहेको र निवासमै उपचार गर्दा समस्या कम नभएपछि आइतबार राति उपराष्ट्रपति पुनलाई थप उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

प्रधानमन्त्री दाहाल आज अस्पताल पुगेर उहाँको स्वास्थ्य अवस्थाका बारेमा चासो लिनुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनुभयो ।

उपराष्ट्रपतिको उपचारमा डा मधु घिमिरे र डा शिवजीविक्रम सिलवाल संलग्न हुनुहुन्छ । चिकित्सकले उहाँको शरीरमा सोडियम र पानीको मात्रासमेत कम देखिएको बताउनुभएको प्रेस संयोजक घर्तीले उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले उपराष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना गर्नुभएको थियो । यसैगरी, उपप्रधान मन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले पनि अस्पताल पुगेर उपराष्ट्रपतिको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

चिकित्सकका अनुसार हाल उपराष्ट्रपतिको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

प्रतिक्रिया