एन.आर.एन. को अग्नी परिक्षामा डा. प्रमोद ढकाल

इनेप्लिज २०७३ फागुन १४ गते ६:४४ मा प्रकाशित

गैरआवासीय नेपाली संघ भनेर नामाकरण गरेर एनआरएन भनेर चिनिने नेपालबाहिरका नेपालीहरुको साझा क्लब एघारौं वर्षमा प्रवेश गरेको छ । योएघर वर्षमा चारजना संरक्षकका रुपमा अध्यक्ष पाएको एनआरएनले नेपाल मुलका विदेशी नेपालीहरुका लागि के गरे त । नेपालबाहिर काम गर्नआएका अस्थाई रुपमा बसोबास गर्ने नेपालीहरुका लागि स्थापना भएको हो वा नेपाल छाडेर विदेशमा स्थाई रुपमा बसोबास गर्ने नेपालीहरुका लागिअथवा दुवैका लागि स्थापना भएको संस्था हो । एनआरएनको विषयमा लेख्नेहरुको मगजमा एउटा प्रश्न सधै आउने गर्दछ । एनआरएन कस्को लागिखोलिएको हो । नेपालबाहिर काम गर्न आएका अस्थाई विदेशी र नेपाल छाडेर विदेशमा बसोबास गरेका स्थाई नेपाली विदेशीको हीतको लागि किव्यापारीहरुको व्यापार गर्ने साझा चौतारी बनाउनका लागि खोलिएको हो । प्ररम्भदेखिनै धेरैले एनआरएनलाई व्यापारीहरुको लागि खोलिएकोएनआरएन क्लबका रुपमा चर्चा गरिएको पनि पाइएको छ । एनआरएनले सधै लगानीको कुरामात्र गर्छ भन्ने गुनासाहरु पनि लेखिएको र सुनिएको छ ।तर एनआरएनले आफुलाई नेपालबाहिर बसोबास गर्ने अस्थाई नेपाली र स्थाई नेपाली दुवैलाई संगठित गरेर नेपाल राष्ट्र बनाउन खोलिएको संस्था भन्दैआएको छ । अहिलेसम्म लगानीको क्षेत्रमा बैंक, हाईड्रे प्रोजेक्ट, होटल आदि विभिन्न क्षेत्रमा एनआरएनको लागानी देखिन्छ । तर मातृभूमीको सेवाआर्थिक लगानिबाट मात्र नभएर बौद्धिक लगानिबाट पनि गरिनु पर्छ । यस तर्फ स्थापनाकालदेखि नै क्यानाडाका नरेश कोईरालाले पुस्तकालयपरियोजनाको अवधारणा ल्याउनु भएको थियो । त्यो कहाँ पुग्यो ? कति जिल्लामा पुस्तकालय खोलियो ? त्यो जान्न पाए हुन्थ्यो ।

 

एनआरएनमा बढी चिठ्ठे र शरणेहरु हावी हुँदै गईरहेका छन् । जसलाई नेपाल जानबाट बन्देज छ ऊ नै उफ्री उफ्री एनआरएनको वकालात गर्दैसदस्यता बढाउँदै हिडेको देखिन्छ । अझ नेपाल जान बन्देज पाएकाहरु नै नेपाल सरकारको प्रतिनिधि बनेर विदेशमा जधौं खान कुरी रहेको देखिन्छन्। अहिलेको सन्दर्भमा एनआरएनमा राजनीतिकरणले अधिपत्य जमायो भन्ने गुनासोहरुले अर्को ठट्यौंली चटक देखाएको छ । हामी सबै राजनीतिकपीडित हौं भन्दा अतिशयोक्ती नहोला । यही पीडाले धेरैले देश छोड्नु पर्यो । नछोडेकाहरु छोड्ने मौका कुरेर बसेका छन् । छोड्न असफलभएकाहरु राष्ट्रप्रेमको गाथा अलापेर आफ्नो असर्मथता लुकाउने प्रयास गर्दै छन् । कोही पनि स्वेच्छाले रमाउन भनेर विदेश पक्कै आएका छैनन् ।कटुवालले भनेझै बन्धन र बाध्यतामा बाँच्नु पनि के बाँच्नु , आँशु लुकाई गहमा हाँस्नु पनि के हाँस्नु जस्तै भएर नेपालीहरु संघर्ष र बलिदान दिएर देशमादुईपटक प्रजातन्त्र आयो । तर दुवैपटक जनता ठगिएमात्र । देशमा रोजगारी घट्दै गएको छ भने भोकमारी बढ्दै गएको छ । कलकारखानाहरु सबैनेताहरुले बेचेर कमिसन खाएर पनि सिद्धाइसके । अब देश बेच्ने तरखरमा लागेका छन् । रोजगारीको लागी भौंतारिएका युवाशक्ती विस्तारै विस्तारैदेशबाट पलायन हुँदै गईरहेका छन् । राणाकालमा नेपाली युवाहरुलाई बेलायती सेनामा पठाएर प्रति टाउँकोको कर लिने गरेझै अहिलेको गणतान्त्रिकनेपालका शासकहरु युवाहरुलाई विदेशी कामदार बनाएर पठाउदै रेमिटेन्सबाट आफ्ना तलब, भत्ता, उपचार खर्च, विदेश भ्रमणसँगै देश चलाइरहेकाछन् । सत्ताको लडाईमा पिल्सिएर अहिले देश झन झन जिर्ण हुँदै गएको छ । उद्योगधन्दा र कलकारखानाहरु एकपछि अर्को गर्दै बन्द हुँदै गएका छन्। जताततै राजनीतिक भागबण्डाले अधिपत्य जमाउँदै गईरहेको छ ।  देश विकासभन्दा बढी सत्ताको जोडघटाउँमा रुमल्लिरहेको छ । विदेशकाअस्थाई रुपमा बसोबास गर्दै आएका गैरआवासीय नेपालीहरु आफ्नो स्थायित्वका उपाय खोजिरहेका छन् । आफ्नो पहिचान बनाउन नेपाली संस्थाबाटसहयोगको अपेक्षा राख्दै आएका छन् ।  स्वघोषित सबै संस्थाहरुको माउँ बन्न खोजेको एनआरएनले भने उनीहरुको स्थायित्व र अस्तित्वका लागिबोलेको कहिल्यै सुनिएन । तर चन्दा उठाउनुमा भने सबैभन्दा पहिला अघि बढेको पाइन्छ र चन्दा उठाएपछि त्यसको हिसाब देखाइएको पाइदैन ।भुईचालोमा कति चन्दा उठ्यो भनेर न त केन्दले भन्यो न यहाँको राष्ट्रिय समन्वय समितिले नै भन्यो । पीडितहरुका लागि तत्काल घरनै  बन्यो । त्योउठेको चन्दाको रकम धुर्मुस र सुन्तलीको फण्डमा गएको भए अहिलेसम्म बार्पाकमा पनि घर बनी सक्थ्यो ।

 

भर्खर एउटा लेखमा एकजना लेखकले एनआरएनलाई धनीहरुको क्लब भनेर ब्याख्या गरेका थिए भने अर्को एकजना लेखकले व्यापारीहरुको खेतीभनेर चर्चा गरेका थिए । वास्तवमा एनआरएन भनेको व्यापारीहरुको संस्था भन्दा अत्युक्ती नहोला । किनभने तपाई हामी जस्तो श्रमजीविहरुलेएनआरएनको भारी पद ओगट्न सक्दैनौं । हामी चुनावी दौडमा

प्रतिक्रिया