शुक्रबार, साउन १५ २०७८
काठमाडौं १२:०८
वासिङटन डिसी 02:23

राट्रिपतिले आफ्नै श्रीमती उपराष्ट्रपतिमा नियुक्त गरे

इनेप्लिज २०७३ फागुन १२ गते ०:४९ मा प्रकाशित

अजरबैजान ११ फागुन। अजरबैजानका राष्ट्रपति इलम अलिएभले आफ्नी श्रीमती मेहरिबानलाई देशको उपराष्ट्रपति पदमा नियुक्त गरेको खबर आजको नागरिकमा छ ।

अजरबैजानमा गत सेप्टेम्बर महिनामा सम्पन्न जनमत संग्रहको परिणामले संविधान संशोधन गरी राष्ट्रपतिलाई नै उपराष्ट्रपति चयन गर्ने जनादेश दिएको थियो ।

यही अधिकारको प्रयोग गर्दै राष्ट्रपति अलिएभले विगतमा सांसद र एउटा गैर नाफामूलक सामाजिक सेवा संस्थाकी प्रमुखसमेत रहिसकेकी ५२ बर्षीया प्रथम महिला मेहरिबानलाई उपराष्ट्रपति पदमा नियुक्त गरेको समाचार एजेन्सी एपीले जनाएको छ ।

प्रतिक्रिया