अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिड़्गटन डि.सी. को अध्यक्षमा रामप्रसाद खनाल र महासचिबमा भूपनारायण घर्तिमगर सहित सबै पदमा निर्बिरोध !

इनेप्लिज २०७३ फागुन १० गते १८:१७ मा प्रकाशित

 

२६ सदस्यीय कार्य समिती र एक जना सँरक्षक सहित २८ सदस्यीय सल्लाहकार समितिगठन, आगामी मार्च २५ तारिखमा सपथ ग्रहण हुने

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिड़्गटन डि.सी. मेट्रो कमिटीको सन २०१७ – २०१९  कार्यकालको  निर्वाचन सम्पन्नभएकोछ । सँस्थाको बिधान बमोजिम प्रकाशित निर्बाचन कार्यक्रम अनुसार ३ जनाको निर्वाचन समितिले (मन कुमारी थापा,डा. अनिल सुवाल र पत्रकार सुजित अर्जेल) निर्वाचन कार्यक्रम प्रकाशित गरी नियमानुसार प्रक्रिया अगाडि बढाएको थियो ।करिब एक सय असी जना आजिबन सदस्य रहेको समाजको सबैभन्दा ठुलो र महत्वपूर्ण कमिटीको रुपमा चिनिदै आएकोअन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिड़्गटन डि.सी. मेट्रो कमिटी बिगत दुई बर्ष यता काम र गतिबिधिका हिसाबमासंसारभरमै अघिल्लो पङ्तिमा रहिआएको छ र यस कमिटीको अलग्गै पहिचान पनि रहँदै आएको छ । दुई बर्षका काम रक्रियाकलापको उच्च मुल्याङ्कन गर्दै आजिबन सदस्यहरु र निबर्तमान कार्य समितिका सबैले एकै स्वरमा रामप्रसाद खनाललेबिदा लिन र नेत्रित्व हस्तान्तरण गर्न खोज्दा पनि बिदा नदिइ सर्बसम्मत रुपमा वहाँकै नेत्रित्वमा अर्को दुई बर्षको लागि नयाँकार्य समिति गठन गरेर सहमति र सहकार्य अँगाडी बढाएको नव निर्बाचित महासचिब भूपनारायण घर्तिमगरले
बताउनुभयो ।

निर्वाचन समितिका तिनै जना मन कुमारी थापा, डा. अनिल सुवाल र पत्रकार सुजित अर्जेलले अन्तर्राष्ट्रिय नेपाली साहित्यसमाज वाशिड़्गटन डि.सी. मेट्रो कमिटीको एकता, सदभाब, हार्दिकता उदाहरणीय रहेको बताउँनुभयो । यस अन्तरगतकाआजिबन सदस्यहरुको सामुहिक निर्णय, सर्बसम्मत निर्णय, नेत्रित्व हस्तान्तरण प्रक्रिया, प्रजातान्त्रिक प्रक्रिया समाजका अरुकमिटिहरुका लागि पनि अनुकरणीय देखियो भन्दै हुनुहुन्थ्यो निर्वाचन समितिमा रहनुभएका तिनै जना ।

संस्थाको बिधान बमोजिम र निर्वाचन समितिलाई दिइएको जिम्मेवारी अनुसार निम्न बमोजिमका उमेदवारहरु निर्बिरोधनिर्बाचित हुनुभएको घोषणा गर्दै निर्बिरोध निर्बाचित अध्यक्ष रामप्रसाद खनाल सहितको सिँगो टिमलाई निर्वाचन समितिहार्दिक बधाई ज्ञापन गर्दछ निर्वाचन समितिको बिज्ञप्तिमा उल्लेख गरिएको छ । निर्वाचन समितिका अनुसार निर्बिरोधभएको कार्य समिति निम्नानुसार छ :

निर्बिरोध निर्बाचित उम्मेदवारहरूको नामावली:-
:- रामप्रसाद खनाल: –  अध्यक्ष
:- अरूण रूपाखेती: – उपाध्यक्ष
:- बिमला निरौला: – उपाध्यक्ष
:- रजनी श्रेष्ठ: – उपाध्यक्ष
:- भुपनारायण घर्तिमगर: – महासचिव
:- नीरा शर्मा:- सचिब
:- पुष्कर पन्त: – कोषाध्यक्ष 

:- अनिल खनाल:- सदस्य
:- रबीन्द्र श्रेष्ठ: – सदस्य
१०:- पवन बराकोटी खनाल:- सदस्य
११:- दुर्गा रिजाल :- सदस्य
१२:- पुष्पा घिमिरे : – सदस्य
१३:- नीलकण्ठ सुबेदी: – सदस्य
१४:- कृष्ण अधिकारी: – सदस्य
१५:- बृहस्पति लम्साल: – सदस्य
१६:- शकुन्तला अधिकारी:- सदस्य
१७:- गोमा न्यौपाने: – सदस्य
१८ :- लोक कुमारी सुबेदी:- सदस्य
१९:- बिकास अधिकारी: – सदस्य
२०:- संगीता पन्त:- सदस्य
२१:- सुजना ढकाल: – सदस्य
२२:- सुनीता खत्री : – सदस्य
२३:- बिना घर्तिमगर: – सदस्य 

२४मनिषा प्रसाईसदस्य 

२५ – अम्बिका गुरुङ :  सदस्य

 

२६ –  बिश्वराज थापा:- कम्यूनिकेशन डाईरेक्टर 

 

यसै बिच पुन: निर्बाचित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिड़्गटन डि.सी. मेट्रो कमिटी अध्यक्ष रामप्रसाद खनाल रमहासचिब भूपनारायण घर्तिमगरले निर्वाचन समिति र यसका तिनै जना हस्तिहरुलाई निर्वाचन सफलता पूर्वक सम्पन्नगराउन खेल्नुभएको भूमिका प्रति आभार प्रकट गर्दै  हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ । यसै गरी कार्य समिति र यसअन्तर्गत रहेका करिब १८० सबै आजिबन सदस्यज्युहरुलाई कार्य समिति सर्बसम्मत बनाउन दिनुभएको साथ, सहयोग रसमर्थनका लागि बिशेष धन्यवाद प्रकट गर्नुभएको छ ।

 

आगामी दुई बर्षमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिड़्गटन डि.सी. मेट्रो कमिटीले धेरै र रचनात्मक काम गरेरदेखाउने छ यो हाम्रो प्रतिबध्दता हो भन्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिड़्गटन डि.सी. मेट्रो कमिटीमा कार्य समितिका तर्फबाट अध्यक्ष रामप्रसाद खनालले बिधान बमोजिम निम्न बमोजिमका प्रबुद्ध ब्यक्तित्वहरुलाई सँरक्षक र सल्लाहकारमा मनोनयन गर्नुभएको छ ।

 

१ – सँरक्षक – होमनाथ सुबेदी

सल्लाहकारहरु:

२ – डा. गुण सुबेदी

३ – डा. रघुनाथ अर्याल

४ – डा. अनिल सुवाल

५ – डा. राजेश सुबेदी

६ – डा. सुरेश बस्नेत

७ – डा. सुनिल शर्मा

८ – डा. राजु बिक

९ – डा. जुडी फ्रेडिक्सन

१० – डा. नन्दिता सुबेदी

११ – डा. रेहा पोखरेल

१२ – डा. कबिता घिमिरे

 १३ – डा. होम बहादुर थापा

१४ – अशोकनाथ तिवारी

१५ – मन कुमारी थापा

१६ – सुजीत अर्जेल

१७ – गोबिन्द मैनाली

१८ – प्रेम सङ्रौला

१९ – मोनिका माली

२० – शरद निरौला

२१ – हरि घिमिरे

२२ – हरिराज भट्टराई

२३ – बिजया शाह

२४ – प्रकाश नेपाल

२५ – भीम रेग्मी

२६ – मन्जु कार्की

२७ – सुदीपभद्र खनाल

२८ – राजिब मैनाली 

२९ – डा. गोपी उप्रेती 

  

स्मरण रहोस अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिड़्गटन डि.सी. मेट्रो कमिटी सधैं अनेसासको निर्णायक, महत्वपूर्ण, ठुलो र धेरै आजिबन सदस्य भएको कमिटीको रुपमा रहँदै आएकोछ । यसले गर्ने काम, यसका गतिबिधी र कृयाशिलतालेअनेसासमा अलग अस्तित्व राख्दै आएको छ ।

 

बर्तमान कार्य समितिको अबधी मार्च ३१ तारिखमा पुरा हुनु अगावै बिधान अनुसार निर्वाचन समिति गठन गरी प्रक्रियाअगाडि बढाईएको मा निर्वाचन समितिले सबै प्रक्रिया पुरा गरी नयाँ कार्य समिति गठन समेत समयमै भएकाले आगामी मार्च२५ तारिख मनासस स्थित बुल रन लाइब्रेरीमा नयाँ कार्य समितिका लागि सपथ ग्रहण कार्यक्रम सहित साहित्यिककार्यक्रमको आयोजना समेत गरिएको निर्वाचन समितिले जनाएको छ । उक्त अबसरमा उपस्थित हुन सबै अनेसासकाआजिबन सदस्यहरु र इच्छुक साहित्यप्रेमी जो कोही महानुभाबहरुलाई अनेसासले हार्दिक अनुरोध
गरेको छ । कार्यक्रम ठीक ३ बजे शुरु हुने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया