अमेरिकामा नेपाली किशोर किशोरी कतै हिंसात्मक गिरोहमा संलग्न त छैनन् : संलग्न भए यस्ता लक्षण देखिन्छ

इनेप्लिज २०७३ फागुन १० गते ३:१५ मा प्रकाशित

अमेरिकामा किशोर ,किशोरी तथा नाबालकहरु अनेक गिरोहमा साना तथा ठूला शहर तथा ग्रामीण क्षेत्रमा समेत नाटकीय ढंगले वृद्धि हुदै गै रहेको अवस्था छ l अमेरिकाको न्याय विभागको तथ्याङ्क अनुसार हरेक राज्य ,शहर ,ग्रामिण क्षेत्रमा हिंसात्मक गिरोह भएको संकेत गरेको छ l न्याय विभागले अमेरिका ७ लाख ७५ हजार यस्ता गिरोहका सदस्य तथा २५ हजार गिरोह समुह रहेको अनुमान गरेको छ l

अमेरिकामा सबै राज्यमा यो गिरोह झाँगिदै छ l अमेरिकाको राजधानी डिसी क्षेत्रमा पनि अत्यधिक रुपमा यो गिरोहले आफ्नो समुह सदस्य विस्तार गरि रहेको छ l र अमेरिकाको डीसी महानगर क्षेत्रमा दुई महिना भित्र अपहरण ,हत्या तथा महिनौ दिन हराएर पुन:घर आउने देखिएकोले प्रहरीले १० जना लाई अनुसन्धान गरि पक्राउ गरि ५ जनालाई एक किशोरीलाई हत्या गरेको आरोपमा पक्राउ समेत गरेको छ l

कतै हाम्रा नेपाली समुदाय या नेपाली मूलका किशोर किशोरीहरु कतै कुनै यस्ता हिंसात्मक गिरोहमा संलग्न त छैनन् यदि संलग्न भए यस्ता लक्षण देखिन्छ ? पत्ता लगाउन सरल छ l

यस्ता गिरोहले आफै तिमि यो गिरोहको सदस्य भनि घोषणा गर्ने गर्छन l गिरोहले घोषणा गरे पछि उम्किन निकै गाह्रो हुन्छ भनि प्रहरीले जानकारी दिएका छन् l अहिले सम्म अमेरिका आई पुगेका र यहि जन्मेका कोहि नेपाली समुदायका सन्तानहरु यस्ता गिरोहमा फसेका तथ्यांक छैन l तर पनि साथी संगतको कारण यस्तो गिरोह संग संलग्न हुन् पनि सक्ने भएकोले बेलैमा सावधान अपनाउनु बेस हुन्छ l

तपाईंका किशोर किशोरी तथा नाबालक सन्तान गिरोह संग शामिल हुन पनि सक्छ ? गिरोह संलग्न एकै रातमा हुँदैन। यो एक क्रमिक प्रक्रिया हो l यस्ता लक्षण देखा परे सतर्क हुने तुरुन्तै सावधानी अपनाउने ?

गिरोहमा फसेका किशोर किशोरी तथा नाबालक या वयस्कका यस्ता व्यवहार या नकारात्मक परिवर्तन हुन्छन l विद्यालय मा बिना कारण गयल हुने , प्रदर्शन, व्यवहार ,बिना कारण अबेर सम्म बाहिर रहन मन पराउने तथा गोपनीयता वा गोप्यको लागि असामान्य इच्छा प्रदर्शन गर्ने लक्षण देखा पर्दछ l यस बाट पनि जानकारी लिन सकिन्छ l

यस्ता गिरोहमा संलग्न भएकाले गिरोहको उत्सव तथा भेलामा जान ईक्षा गर्ने र कुराकानी गर्ने गर्छन l अलग प्रकारको उपनाम राख्ने र अचानक कपाल कोर्ने शैलीमा परिवर्तन गर्छन l यसै गरि नया तथा अलिक फरक शैलीक लुगा तथा अन्य बाहिरी अन्य सामग्री लगाउने पनि गर्छन l यसको साथै छरछिमेक नजिक रहेका गिरोह को जस्तै प्रकारका लुगा लगाउने र बिशेष खेलाडी तथा खेल समूहका लुगा लगाउन मन पराउने गर्छन l गिरोहमा संलग्न छन् भने परिवार ,साथी तथा प्रभुत्व व्यक्ति संग प्रवृति परिवर्तन गर्ने गर्छन l

आमाबाबुले उनीहरुको सुत्ने कोठामा प्रवेश नगरोस भन्ने चाहना राख्ने तथा लागूऔषध पदार्थ प्रयोग तथा मादक पदार्थ पिएको संकेत देखा पर्ने जस्तो लागे केहि गडबढ छ भन्ने आमा बुवाले तुरुन्तै सतर्कता अपनाउनु पर्ने हुन्छ l

यस्ता गिरोहमा संलग्न भए लगातार नियम भंग गर्ने हुन्छन l गिरोह सदस्यहरु संग संलग्न भएको स्वीकार गर्छन l उनीहरुले लगाउने साधारण लुगा भन्दा अचानक लुगा एक वा दुई विशेष रंग वा एक विशेष प्रतिक चिन्ह(लोगो )मा असामान्य चासो देखाउँछन l त्यस्ता गिरोहमा संलग्न भए त्यस्ता प्रकारका प्रभावित संगीत, भिडियो, चलचित्र वा संजाल (वेब साइट)हरु मा असामान्य चासो देखाउने र हेर्ने हुन्छन l ध्यान दिन जरुरि हुन्छ l

लुगाहरु तल लाउने बाट सुरु गर्ने र साथीहरूसँग कुराकानी गर्न असामान्य हात संकेत प्रयोग गर्ने गर्छन l उनीहरुको बिशेष संकेत शब्द गिरोह-शैली बोलीमा बोल्छन l यस्ता हाउ भाउ देखिए सतर्कता अपनाउने l

उनीहरुका बिद्यालयका पुस्तकहरूमा गिरोह प्रतीक का संकेत, लुगा, पर्खाल वा टैटू को विशिष्ट रेखाचित्र तथा गिरोह प्रतीक भएका चित्रहरु भेटिन्छन l यस्ता गतिबिधि देखिए पारिवारिक सल्लाह गर्ने l

अनौठो वस्त्र वा शरीरमा पृथक आभूषण लगाउने आदि पनि गर्ने गर्छन l अमेरिकामा जन्मेका किशोर किशोरी अमेरिकन बिद्यालयमा अध्ययन गर्ने हुनाले यस्ता गिरोहले पाठशालामा संलग्न गराउने कोसिस गर्छन l नाबालक ,किशोर किशोरहरु प्रभावमा आई हिंसात्मक गिरोहमा संलग्न पनि हुन पनि सक्ने हुन्छ l

अमेरिकामा बिद्यालयको गाडी सम्म छोड्न आमा बुवा नै जाने हुनाले यस्ता गतिबिधि थाहा पाउन साथ तुरुन्तै समाधान गर्न सकिन्छ l १८ बर्ष पछि आफै घर बाट बाहिर जान्छु भन्दा अभिभावकले नरोक्ने हुनाले यस्ता गिरोहमा फस्ने पनि हुन्छन l

माथि उल्लेख गरे जस्तै लक्षण देखा परे आफ्ना सन्तानलाई बचाउन सकिन्छ l र जीवन बर्बाद हुन् बाट मुक्त गराइन्छ l

प्रतिक्रिया