बुढेसकालमा आमा बन्दै मनिषा कोइराला, तर कसरी ?

इनेप्लिज २०७३ फागुन ९ गते १५:०१ मा प्रकाशित

 

मुम्बई । क्यान्सर रोगलाई पराजित गर्दै सामान्य अवस्थामा आइसकेकी बलिउड नायिका मनिषा कोइरालाले अब आमा बन्ने इच्छा देखाएकी छन् ।

करिब ५ वर्षपछि फिल्म क्षेत्रमा फर्केकी नायिका कोइराला अब आफ्नो जिन्दगीलाई नयाँ ढंगले अगाडि बढाउन आमा बन्ने योजनामा पुगेकी हुन् ।

२०१० मा नेपालका व्यापारी सम्राट दहलसंग विहे गरेर दुई वर्षपछि सम्बन्ध विच्छेद गरेकी कोइराला कसरी आमा बन्दैछिन् भन्ने कुरा पनि उनले भनेकी छन् ।

भर्खरै एक वेबसाइटसंग कुरा गर्दै उनले एक छोरीलाई धर्मपुत्री बनाउने बताइन् । उनले आफू सबै किसिमले ठीक भएमा छोरी पाल्ने बताइन् । बच्चा भएपछि जिन्दगी छोरीकै आधारमा विताउने योजना बनाएको बताइन् । आफ्नो यो योजनाबाट आफू निकै उत्साहित भएको समेत उनले भनेकी छन् ।

अहिले मनिषा कोइराला फिल्मी क्षेत्रमै व्यस्त छिन् । निर्माणक्रममा रहेको सञ्जय दत्तको जीवनमा आधारित फिल्म बायोपिकमा देखिने छिन् । यस फिल्ममा उनी सञ्जय दत्तकी आमा नर्गिसको भूमिकामा देखिने छिन् । यसमा रणबीर कपूर सञ्जय दत्तको भूमिकामा हुनेछन् ।

प्रतिक्रिया