शनिबार, साउन ९ २०७८
काठमाडौं २०:१०
वासिङटन डिसी 10:25

छिटोभन्दा छिटो निर्वाचनको मिति घोषणा गर्ने कांग्रेस–माओवादी सहमति

इनेप्लिज २०७३ फागुन ८ गते १०:२३ मा प्रकाशित

काठमाडौं, ८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच राजनीतिक सहमति जुटाएर छिटोभन्दा छिटो निर्वाचनको मिति घोषणा गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान भएको वार्तामा राजनीतिक सहमतिका साथ अगाडि बढ्ने निष्कर्षसहित बैठक सक्किएको हो । एमाले र मधेसी मोर्चासँग पनि सम्वाद गर्ने तयारी गरेका छन् । उनीहरूले निर्वाचनको मितिका साथै संविधान संशोधनको विधेयकलाई पनि अगाडि बढाउने निर्णय गरेका छन् ।

कांग्रेस स्रोतका अनुसार बैठकमा प्रधानमन्त्रीले किन निर्वाचनको मिति घोषणा नगरेको भन्दै आफूहरूले जिज्ञासा राखेका थिए । प्रधानमन्त्री दाहालले आफूले बाध्यताबस निर्वाचनको मिति घोषणा गर्न नसकेको बताएका थिए । कांग्रेस र माओवादी केन्द्रले सबै दलहरूसँग परामर्श गर्ने सहमति पनि गरेका छन् ।

बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, डा.शशांक कोइराला, विमलेन्द्र निधि, नारायणकाजी श्रेष्ठ, सीतादेवी यादव, पम्फा भुसाल, मातृका यादवलगायतका नेताहरूको सहभागिता रहेको थियो ।

मधेसी मोर्चाले संविधान संशोधन विधेयक पारित नगरेर निर्वाचन मिति घोषणा गरिए आन्दोलन गर्ने चेतावनी दिएलगत्तै प्रधानमन्त्रीले कांग्रेसँग परामर्श गरेका हुन् ।

प्रतिक्रिया