काठमाडौं, २ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीमा दर्जन बढी कलाकारहरू आज विशेष कार्यक्रम गरेर प्रवेश गर्ने भएका छन् ।
काठमाडौंको नयाँबानेश्वरस्थित होटेल अर्यालमा दिउँसो एक बजे हुने कार्यक्रममा अभिनेता रामचन्द्र पोखरेल, नायिका बेनिसा हमालसहितका दर्जन बढी कलाकारहरू प्रवेश गर्न लागेको गायिका कोमल ओलीले जानकारी दिइन् ।
उनले भनिन्, ‘राप्रपाको सिद्धान्त मनपराएका सयौँ कलाकारहरू आज पार्टी प्रवेश गर्न लाग्नु भएको छ । उहाँहरूलाई स्वागत गरिनेछ ।’
यसअघि रेखा थापा पनि राप्रपामा प्रवेश गरेकी थिइन् । माओवादी पार्टीको सिद्धान्त मन नपरेको भन्दै रेखाले पार्टी परिवर्तन गरेकी हुन् ।
प्रतिक्रिया