पूर्वराजा दिल्लीकै सल्लाहमा अघि बढ्दै

इनेप्लिज २०७३ फागुन २ गते १०:३२ मा प्रकाशित

 

काठमाडौं, २ फागुन । बाहिरभन्दा भित्र र स्वदेशमा भन्दा विदेशमा धेरै सक्रिय देखिन थालेका पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्डको राजधानी बैंककको आठ दिने राजनीतिक भ्रमण सकेर स्वदेश फर्किएका छन् । यसअघि पनि उनी बैंकक गएका थिए र त्यतैबाट चीन पुगेका थिए । साँघु साप्ताहिकले समाचार छापेको छ ।

यसपटकको बैंकको भ्रमणमा पनि उनले चीन र भारतका रहस्यमय दूतहरूसँग भेटघाट गरेको स्रोतको दाबी छ । प्रमुख तीन दल संविधान कार्यान्वयनका लागि निर्वाचनको मिति घोषणा गर्न असफल भइरहेका बेला गणतन्त्रलाई अस्वीकार गर्ने प्रमुख शक्तिका नायक मानिएका पूर्वराजा ज्ञानेन्द्रको बैंकक भ्रमण भएको हो ।

गणतन्त्र र दलहरू असफल भएको निष्कर्षसहित व्यवस्था विस्थापनको अभियानमा जुट्दै स्वपदेश तथा विदेशका राजनीतिक शक्तिहरूसँग छलफलका लागि उनी २०७३ माघ २० गते बैंकक पुगेका थिए ।

त्यहाँ गोप्य राजनीतिक भेटघाट गरेर माघ २७ मा उनी स्वदेश फर्किएको खबर छ । बैंकक रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष पात्रसँग यो पटक पनि गोप्य रुपमा विशेष वार्ता भएको ज्ञानेन्द्र शाह निकट स्रोतले जनाएको छ ।

प्रतिक्रिया