एनआरएनए ब्यापारीको बिज्ञापन गर्ने सस्था हो ?

इनेप्लिज २०७३ माघ २९ गते १८:३९ मा प्रकाशित

गत जनवरी २७ मा एनआरएन एसिसि को नाम बाट एउटा ईमेल आयो । ईमेलको शीर्षक थियो -सगून अभियानमा हातेमालो गर्नुहुन अनुरोध । ईमेलमा सगूनको बारेमा जानकारी गराउदै एनआरएनले लेखेको छ -” एनआरएन धनीहरुको संस्था होइन बरु सबै एनआरएनहरुलाई धनी बनाउन प्रयत्नशील संस्था हो । यहि उद्धेश्य पुरा गर्ने एउटा अयिभानमा सगून लागेको छ ।

यो अभियानमा सबै नेपालीको अभियान बनोस् र सबैले यसको अवसर पाउन सकुन भन्ने हाम्रो चाहना हो । त्यसैले यो अभियानमा तपाई आफू सहित आफ्ना सबैको सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौँ” ।

कसरी एउटा सस्थाले एक ब्यापारिक उदेश्य लिएको कम्पनीको प्रचार प्रसार गर्न सक्छ भन्ने सोचेर अचम्म लाग्यो । सामाजिक सन्जालमा एनआरएन अमेरिका को यस ईमेलमा ब्यापक बिरोध समेत भयो । मैले पनि लेखे – “यो जकं ईमेल हो की साच्चै साक्चै हो ? बिस्वास लागेन” । पछी जानकारीमा आयो कि यो ईमेल जकं हैन, साच्चीको नै रहेछ । फेरी मैले लेखे – त्यसो भए अब एनआरएनले ” नेपालको चाउ चाउ मात्र खाउ ” भनी पुन ईमेल आए आस्चर्य नमाने भयो ।

त्यसको दुई दिन पछी यसमा एनआरएनको सहभागिता छैन भनेर एनआरएन को अर्को ईमेल आयो । ईमेलमा भनीएको थियो – “सामाजिक संजालमा एनआरएनए अमेरिकाका विषयमा निस्केका प्रश्नहरुमा हाम्रो ध्यानाकर्षण भएको छ। सगुनका संचालकहरूले अमेरिकामा वस्ने एनआरएनएलाई लगानीका अवसरको लागि गरिएको अनुरोधलाई मध्य नज़र गरि एनआरएनए सदस्यहरूलाई संचालकको सूचना जस्ताको तस्तै पठाईएको हो । यसमा एनआरएनए अमेरिकाको कुनै पनि संलग्नता नरहेको कुरा यसै सूचना मार्फ़त जानकारी गराईन्छ” ।

आफ्नो स्पष्टीकरणमा पनि एनआरएनए अमेरिकाले झुट बोलेको छ । सबैको भरोसा बोकेको एउटा जिम्मेवार सस्थाले कसरी झुट बोल्न सक्छ ? मैले दुबै ईमेल केलाएर हेरे । आफ्नो गल्ती लुकाउन एनआरएनएले पुन: अर्को गल्ती गरेको छ ।

उसले पहिलो ईमेलमा स्पस्ट लेखेको थियो – “एनआरएन धनीहरुको संस्था होइन बरु सबै एनआरएनहरुलाई धनी बनाउन प्रयत्नशील संस्था हो । यहि उद्धेश्य पुरा गर्ने एउटा अयिभानमा सगून लागेको छ । यो अभियानमा सबै नेपालीको अभियान बनोस् र सबैले यसको अवसर पाउन सकुन भन्ने हाम्रो चाहना हो । त्यसैले यो अभियानमा तपाइ आफू सहित आफ्ना सबैको सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौँ” ।

अब प्रस्न आउछ: पहिलो- यदी सगुन सन्चालकको सुचना जस्ताको तस्तै प्रस्तुत गरेको थियो भने एनआरएनएले किन यो कुरा ईमेलमा उल्लेख गरेन ? दोस्रो, ईमेलमा लेखिएको – “एनआरएन धनीहरुको संस्था होइन बरु सबै एनआरएनहरुलाई धनी बनाउन प्रयत्नशील संस्था हो । यहि उद्धेश्य पुरा गर्ने एउटा अयिभानमा सगून लागेको छ । यो अभियानमा सबै नेपालीको अभियान बनोस् र सबैले यसको अवसर पाउन सकुन भन्ने हाम्रो चाहना हो । त्यसैले यो अभियानमा तपाइ आफू सहित आफ्ना सबैको सहभागिताकोलागि हार्दिक अनुरोध गर्दछौँ” । के यो अपिल एनआरएन को हैन ?

जानकारहरु भन्छन – एनआरएनए अमेरिका का धेरै पदाधिकारीहरु सगुन सँग आबद्द छन र यो ईमेल पनि सगुन र एनआरएनए दुबैमा खुट्टा राख्ने पदाधिकारीले गरेका हुन । एनआरएनको खोल ओढी सस्थाको सामान्य नियममा समेत जानकारी नराख्ने र साबधानी नअपनाउने आफ्नो स्वार्थ पुर्तीमा लागेकाहरुको मनमानीले एनआरएनए प्रती धेरैको बितृष्णा बढदो छ ।

यस प्रकारको अधिकारको दुरुपयोग गरी सस्थालाई बदनाम गर्ने अनुशासनहिनहरु उपर एनआरएनएले कार्यबाही नगर्ने हो भने यो सस्था एक बिज्ञापन कम्पनी सरह हुनेछ ।

प्रतिक्रिया