बुधबार, साउन २० २०७८
काठमाडौं ०५:४७
वासिङटन डिसी 20:02

ग्रीन कार्ड आधा कटौति गर्ने विधेयक सिनेटमा, डाइभर्सिटी भिषा कार्यक्रम अन्त्य हुँदै

इनेप्लिज २०७३ माघ २६ गते २३:२६ मा प्रकाशित
पुरुषोत्तम ढकाल, लसएन्जलस, २७ माघ । राष्ट्रपति डोनाल्ड ट्रंपको इच्छा अनुरुप रिपब्लिकन र डेमोक्र्याट पार्टीका दुई शिर्ष सिनेटरले ग्रीन कार्ड आधा कटौति गर्ने विधेयक सिनेटमा प्रस्तुत गरेका छन् ।
यसलाई अमेरिकामा स्थाई बसोबासको आधार ग्रीन कार्ड प्राप्त गर्न थप बन्देज लगाउने अध्यागमन कानुन ल्याउने ट्रंप प्रशासनको नयाँ रणनीति भनेर व्याख्या गरिएको छ ।
रिपब्लिकन सिनेटर टम कटन र डेमोक्र्याट सिनेटर डेबिड बर्डूले मंगलबार सिनेटमा प्रस्तुत गरेको विधेयक अनुसार प्रत्यक बर्ष जारी गरिने स्थाई बसोबासको आधार ग्रीन कार्डको संख्या १० लाखबाट घटाएर ५ लाख कायम गर्न प्रस्ताव गरिएको छ ।
यो प्रस्तावित विधेयकलाई ट्रंप प्रशासनको समर्थन रहेको अनुमान गरिएको छ । प्रस्तावित विधेयक पास भएमा संसारभरिका नागरिक र तिनका परिवारजनले सहज ग्रीन कार्ड पाउने डाइभर्सिटी भिषा लोटरी कार्यक्रम अन्त्य हुनेछ ।
रिपब्लिकन सिनेटर टम कटन र डेमोक्र्याटिक पार्टीका सिनेटर डेबिड बर्डूले मंगलबार सिनेटमा विधेयक प्रस्ताव गरेका हुन् । प्रस्तावित विधेयकले डाइभर्सिटी लोटरी भिषा अन्तर्गत प्रत्यक बर्ष संसार भरिका ५० हजार नागरिकले विधिवत अमेरिकाको स्थाई बसोबास पाउँदै आएकाहरुलाई समेत लक्षित गरेको छ जसका कारण डाइभर्सिटी भिषा लोटरी मार्फत संसार भरिका नागरिक जस्तै नेपालीहरुको सहज अमेरिका आप्रवाशन समेत अन्त्य हुनेछ ।
स्मरणीय छ प्रस्तावित विधेयक अनुमोदन भएमा डाइभर्सिटी भिषा लोटरी कार्यक्रम विधिवत अन्त्य हुनेछ । प्रस्तावित विधेयक अनुमोदन भएमा अमेरिकाले संचालन गर्दै आएको सरणार्थी पुनर्वास कार्यक्रम समेत प्रभावित हुनेछ जसका कारण भुटान, सिरिया र इराक लगायतका देशका सरणार्थीको अमेरिका पुनर्वासको सपना समेत तुहिने छ ।
(रिपब्लिकन सिनेटर टम कटन र डेमोक्र्याटिक पार्टीका सिनेटर डेबिड बर्डूले मंगलबार प्रस्तावित विधेयक बारे संचारकर्मीहरुलाई जानकारी गराउदै तस्बिर : गेटी इमेज)

प्रतिक्रिया