बेल्जियममा रहेको नेपालीले मनाए नेपाली पाठशालाको पहिलो अभिभावक दिबस

इनेप्लिज २०७३ माघ २३ गते १४:१३ मा प्रकाशित
 नेपाल ब्रसेल्स मिलन केन्द्र को सकृयतामा बेल्जियम मा रहेका नेपाली बालबालिकाहरूलाई लक्षित गरि नेपाली भाषा कला र संस्कृति सिकाउने हेतुले एक बर्ष अघि देखि बेल्जियमको राजधानी ब्रुसेल्समा स्थापना भई संचालनमा रहेको “नेपाल ब्रसेल्स बाल सास्कृतिक केन्द्र” ले आफ्नो स्थापना दिवसको अवसर पारेर प्रथम अभिभावक दिबस तथा सरस्वती पुजा  गरेको छ  ।
 लामो समय देखि बेल्जियमका बिभिन्न सहरमा हजारौको संख्यामा रहेका नेपाली समुदाय हरू पछिल्लो समयमा आएर संगठित हुदै गरिरहेका छन।नयाॅ पुस्तामा नेपाली भाषा र संस्कृतिहरुको बारेमा जानकारी रहोस भन्ने मनसायले बिदेशी भुमीमा नेपाली स्कुल संचालन गर्नु परेको बताउनु हुन्छ नेपाल ब्रसेल्स मिलन केन्द्रका संस्थापक अध्यक्ष तथा हाल सल्लाहकार उत्तम गौतम।
कार्यक्रममा अभिभावक को तर्फवाट बोल्दै कमल खड्काले आफूहरू यो स्कुल संचालन बाट निक्कै हर्षित रहेको र यसलाई निरन्तर अगाडी लैजान सम्पुर्ण नेपाली समुदायको साथको आबस्यकता हुने बताउनु भयो।
कार्यक्रममा स्कुलका बिधार्थी भाई बहिनीहरूले नेपालको राष्ट्रिय गान गाएर सुनाएका थिए भने संचालक समितीका सदस्य किरण अधिकारीले सम्पुर्ण अभिभावकको साथमा उक्त सरस्वती बन्दना बाचन गरेर सुनाउनु भएको थियो।नेपाल ब्रसेल्स बाल सास्कृतिक केन्द्रकी संयोजक सिर्जना कार्की थापाको अध्यक्षता नेपाल ब्रसेल्स मिलन केन्द्रका अध्यक्ष यज्ञ बहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका उपसंयोजक दिपक भण्डारीले आय व्यय प्रस्तुत गर्नु भयो भने संचालन समितीको तर्फबाट देब गुरूङले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो साथै शिक्षकको तर्फबाट शिक्षीका शुशिला रोका र बिधार्थीको तर्फबाट रोमान्स सुबेदी पनि आ आफ्नो अनुभब राख्नु भएको थियो कार्यक्रम संस्थाका महासचिव हरि श्रेष्ठले संचालन गर्नु भएको थियो।

प्रतिक्रिया