अमेरिकाका कराते खेलाडी उज्ज्वल ठकुरी द्वारा नया आबिस्कार र बिश्वलाई चुनौती

इनेप्लिज २०७३ माघ २० गते ३:५८ मा प्रकाशित

 

डीसी महानगर क्षेत्रमा बसोबास गर्ने भुतपुर्ब सितेरियो खेलाडी हाल अमेरिकन मारिन गोजु कराते दुई डान उज्जवल ठकुरी ले एक पछि अर्को गर्दै नया कुरा किर्तिमान गर्ने प्रयासमा छन् l

उनले भ्यान ड्याम शैली मा दुवै खुट्टा फाडेर केवल दांतको भरमा ४० पाउण्ड उठाएका छन् l र खतरा भएकोले कसैलाई पनि घरमा कोसिस नगर्नु भन्दै आफुले दांतले उठाई नया अनौठो प्रयास गरेका छन् l

केहि समय अगाडी मात्र अमेरिका गट ट्यालेन्टको प्रारम्भिक चरणको लागि सहभागी जनाएर आएका थिए l ठकुरी गिनिज बुक अफ वर्ल्ड रेकर्डको नजदीक पनि रहेका छन l उनले सम्पूर्ण कागजात पठाई सकेका छन भने केहि समय भित्र नतीजा प्रतीक्षामा रहेको बताएका थिए l

ठकुरीले हाल सम्म १३ स्वर्ण ,४ रजत तथा ४ काश्य पदक हात पारि सकेका छन् l ठकुरीले अमेरिकाका सात वटा राज्यमा कराते खेलमा पदक प्राप्त गर्ने खेलाडी हुन् l

ठकुरी अमेरिकामा २०१६ को १०औ चर्चित नेपाली मध्ये एक हुन !

प्रतिक्रिया