सरकार स्थानीय निकायको निर्वाचन केन्द्रित : मन्त्री पाण्डे
कपिलवस्तु, १९ माघ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले संविधान कार्यान्वयनका लागि वर्तमान सरकार स्थानीय निर्वाचनमा केन्द्रित भएको बताउनुभएको छ ।
प्रेस सेन्टर नेपाल कपिलवस्तु शाखाले तौलिहवामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले संविधान संशोधनको विषय र निर्वाचनको तयारी एकै साथ अगाडि बढाइएको स्पष्ट पार्नुभयो । वर्तमान सरकारको पहिलो प्राथमिकता नै संविधान कार्यान्वयन रहेकाले निर्वाचनको तयारी कै लागि संसद्ले निर्वाचन सम्बन्धी तीन वटा विधेयक पारित गरिसकेको मन्त्री पाण्डेले चार्चा गर्नुभयो ।
स्थानीय निकायबारे राज्य पुनःसंरचना आयोगले बुझाएको प्रतिवेदन संसद्मा पेस गरिएको जनाउँदै सोही प्रतिवेदनकै आधारमा गाउँपालिका र नगरपालिकाको निर्वाचन हुने उहाँको भनाइ थियो ।
ं
मन्त्री पाण्डेले संविधान कार्यान्वयनका लागि समय सीमाभित्रै निर्वाचन गर्नुको विकल्प नरहेको बताउँदै आन्दोलनरत मधेसी मोर्चा र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)लाई सहमतिमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहालले प्रयत्न गरिरहेको प्रष्ट पार्नुभयो ।
अमेरिकाले युक्रेन राजधानी कीभमा दूतावास पुन: खोल्यो
बाइडेनद्वारा अमेरिकामा शिशुका आहार अभावलाई सम्बोधन गर्न रक्षा उत्पादन ऐन आह्वान
‘मेरो डान्स कप युएसएको’ चौथो संस्करण र ‘मेरो भ्वाइस कप युएसए’को दोस्रो संस्करण हुँदै
“कुन्ती मोक्तान साँझ “ को मिती परिबर्तन गरिएको बारे
अमेरिकी महिला भकुण्डो टोलीलाई पुरुष टोली सरह तलव दिने
प्रतिक्रिया