पूर्व विश्व धनाड्य एइक बाटिस्टाद्वारा प्रहरी समक्ष आत्मसमर्पण
रियो दि जेनेरो (ब्राजिल), १८ माघ । कुनै समय विश्वका सर्वाधिक धनाड्य ब्राजियाली व्यवसायी एइक बाटिस्टाले सोमबार प्रहरी समक्ष आत्मसपर्मण गर्नुभएको छ ।
विभिन्न घुस तथा भ्रष्टाचार आरोप लागेका बाटिस्टा सोमबार रियो दि जेनेरियास्थित विमानस्थलमा ओर्लनुभएपछि उहाँलाई ब्राजिलियाली प्रहरीले पक्राउ गरी हिरासतमा लिएको हो । प्रहरीले पक्राउ परेका बाटिस्टाको स्वास्थ्य अवस्था ठिक भए नभएको सम्बन्धमा स्थानीय अस्पतालमा परीक्षणपछि छानविनका लागि हिरासतमा राखेको छ ।
पक्राउ परेपछि बाटिस्टाले ब्राजिलको टेलिभिजनसँग कुराकानी गर्दै भन्नुभयो, आफूमाथि लगाइएको घुस तथा भ्रष्टाचार आरोपबारे छानबिन गर्न अदालतलाई सहयोग गर्ने उद्देश्यले आफूले प्रहरी समक्ष आत्मसमर्पण गरेको बताउनुभयो । बाटिस्टाले आफूमाथि लागेको आरोपका बारे भने थप केही बोल्न चाहनु भएन ।
बाटिस्टाले आफूमाथि लगाइएको आरोप छानबिन गर्न न्यायालयलाई सहयोग गर्नु आफ्नो कर्तव्य ठानेर न्युयोर्कस्थित जोन एफ केनेडी विमानस्थलबाट रियोका लागि आइतबार राति आएको टेलिभिजनसँगको कुराकानीमा बताउनुभयो ।
बाटिस्टामाथि रियो दि जेनेरियोका पूर्व गभर्नर सर्जियो कावरलाई घुस दिई सरकारी ठेक्कापट्टामा कानुन विपरित सम्झौता गरेको, विदेशी बैंक खातामा करोडौँ अमेरिकी डलर लुकाई राखेकोलगायत आरोप छन् । – एपी
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया