बार्सिलोनामा मेसीको नयाँ सम्झौता नभएको भन्दै समर्थकद्धारा चासो
काठमाडौं, १८ माघ। बार्सिलोनाका सबै खेलमा स्टार स्ट्राइकर लियोनल मेस्सीको उपस्थिति क्लबका लागि निकै महत्वपूर्ण हुन्छ।
मेस्सीमा बार्सिलोना निर्भर छ भन्दा पनि फरक पर्दैन । तर मेस्सीसँगको सम्झौता भने बार्सिलोनाको प्राथमिकतामा नपरेको भन्दै समर्थकले चासो पनि देखाएका छन्। मेस्सीले यो सिजन अहिलेसम्म २८ खेल खेलेका छन् ।
त्यसमध्ये २२ खेलमा उनले गोल गरेका छन् वा गोलका लागि सहयोग गरेको छन् । यसको अर्थ ७८.५७ प्रतिशत खेलमा भएका गोलमा मेस्सीको संलग्नता छ । मेस्सी एथ्लेटिको मड्रिड, एलाभेस, एथ्लेटिको बिल्बाओ, ग्रनाडा र रियल मड्रिडसँगको खेलमा मात्रै गोलमा संलग्न भएका छैनन् ।
ला लिगामा उनले अहिलेसम्म १५ गोल गरेका छन् । उनी भन्दा लुइस स्वारेज मात्रै अघि छन् ।
च्याम्पियन्स लिगमा उनले अहिलेसम्म पाँच खेल खेलका छन् । चोटका कारण मोनचेङग्लाड्बाचसँगको खेल गुमाएका मेस्सीले खेलेका सबै पाँच खेलमा गोल गरेका छन् ।
कोपा डेल रेमा पनि उनले गोल गरेका छन् । उनको बार्सिलोनासँगको सम्झौता सन् २०१८ को जुनमा सकिने भएपनि नयाँ सम्झौता भने हुन सकेको छैन । यो सिजन सबै प्रतियोगितामा अहिलेसम्म खेलका २८ खेलमा २९ गोल र १२ गोलका लागि सहयोग गरेका मेस्सीसँगको सम्झौता कहिले हुन्छ भन्ने चासोको विषय बनेको छ । एजेन्सीको सहयोगमा
अमेरिकाले युक्रेन राजधानी कीभमा दूतावास पुन: खोल्यो
बाइडेनद्वारा अमेरिकामा शिशुका आहार अभावलाई सम्बोधन गर्न रक्षा उत्पादन ऐन आह्वान
‘मेरो डान्स कप युएसएको’ चौथो संस्करण र ‘मेरो भ्वाइस कप युएसए’को दोस्रो संस्करण हुँदै
“कुन्ती मोक्तान साँझ “ को मिती परिबर्तन गरिएको बारे
अमेरिकी महिला भकुण्डो टोलीलाई पुरुष टोली सरह तलव दिने
प्रतिक्रिया