आइतबार, साउन १० २०७८
काठमाडौं ०६:२९
वासिङटन डिसी 20:44

अमेरिकाको जेष्ठ नेपाली संस्था एएनएस ५० औ बर्षमा प्रवेश

इनेप्लिज २०७३ माघ १७ गते ०:३२ मा प्रकाशित

जनवरी २९ ,उत्तर अमेरिका कै नेपाली समुदायको सबै भन्दा जेष्ठ गैर मुनाफा सामाजिक संस्था अमेरिका नेपाल सोसाइटी (एएनएस) ५० औ बर्षमा प्रवेश गरेको छ l ५० बर्ष पुगेको उपलक्ष्यमा संस्थालाई यो अवस्था सम्म पुर्याउने संस्थाका पूर्व पदाधिकारीहरु ,शुभ चिन्तक ,समाजका अगुवाहरु ,विभिन्न लब्ध प्रतिष्ठित व्यक्तिहरु ,समाज सेवीहरु संग अन्तरक्रिया कार्यक्रम गर्दै सरसल्लाह तथा सुझाब लिएको छ l

यसको साथै संस्थामा काम गरि सकेका भूतपूर्व अध्यक्ष तथा भूतपूर्व पदाधिकारीहरुले रचनात्मक सुझाब दिएका छन् l आफ्ना समयमा गरेका काम अनुभवलाई हिस्सा गर्दै ५० बर्षमा पुगेको अवसरमा वर्तमान कार्यकारी समितिलाई बधाईको साथै शुभकामना दिएका थिए l

 

पूर्व अध्यक्षहरु ,पूर्व पदाधिकारीको साथै उपस्थित भएका शुभचिन्तक तथा समाज सेवीले ५० बर्ष को कार्यक्रमलाई भब्य संग मनाउनु पर्ने भन्दै संस्थामा सहभागिता बढाउनु पर्ने विचार पोखेका थिए l यसको साथै अमेरिकनहरुले संस्था स्थापना गरि दिएको हुनाले अधिकांशले अब बिदेशीहरुलाई पनि संलग्न गर्नु पर्ने सुझाब दिएका थिए l उनीहरुलाई पनि समितिमा राख्नु पर्ने जोडदार सुझाब दिएका थिए l यसै गरि गैर आवासीय नेपाली संघ अमेरिका कि उपाध्यक्ष रविना थापाले पनि आफ्ना सुझाब दिएकी थिइन् l

यसै क्रममा नेपाली दुताबासका आर्थिक सल्लाहकार कैलाश पोखरेलले गत बर्ष अमेरिकाका भूतपूर्व राष्ट्रपति बराक ओबामाले दिसम्बर १६ ,२०१६ मा युएस नेपाल ट्रेड फेसीलिटेसन एण्ड ट्रेड इन्फोर्समेन्ट एक्ट २०१५ ( टिएफटिईए ) सम्बन्धि बिशेष जानकारी प्रदान गरेका थिए l उक्त कार्यक्रममा सहभागीहरुले जिज्ञाशा समेत राखेका थिए l

कार्यक्रमको सभापतित्व संस्थाका सभापति जीवन तिवारीले गरेका थिए भने कार्यक्रममा महा सचिव प्रेम पौडेल ,प्रथम उपाध्यक्ष चन्द्र प्रकाश बराल तथा अन्य पदाधिकारीले मन्तब्य राखेका थिए l

प्रतिक्रिया