टोटनह्याम एफएक कप फुटबलको पाँचौं चरणमा प्रवेश
काठमाडौं, १६ माघ। टोटनह्याम एफएक कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।
शनिबार राति भएको खेलमा विकम्बलाई ४–३ ले हराएर टोटनह्यामले पाँचौं चरणमा स्थान पक्का गरेको हो ।
८९ औं मिनेटसम्म ३–२ ले पछि परेको टोटनह्याम त्यसपछि दुई गोल गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भएको हो ।
२३ र ३६ औं मिनेटमा पल हेसले गोल गरेपछि पहिलो हाफमा विकम्बले २–० को अग्रता लियो ।
६० औं मिनेटमा सन हेउङ–मिन र ६४ औं मिनेटमा विन्सेन्ट ज्यानसेनले टोटनह्यामका लागि गोल गरे । तर ८३ औं मिनेटमा थोम्प्सनले गोल गरेपछि विकम्बले ३–२ को अग्रता लियो ।
एक मिनेट बाँकी हुँदासम्म ३–२ ले पछि परेको टोटनह्यामका लागि ८९ औं मिनेटमा डेल अलीले बराबरी गोल फर्काए । त्यसपछि इन्जुरी समयको सातौं मिनेटमा सनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनह्यामलाई ४–२ को जित दिलाए ।
यस्तै राति नै भएको खेलमा चेल्सीले ब्रेन्टफोर्डलाई ४–० ले हराएर अघिल्लो चरणमा स्थान पक्का गरेको हो । चेल्सीको जितमा विलियन, पेड्रो, इवानोविक र बाट्शुयीले गोल गरे ।
अमेरिकाले युक्रेन राजधानी कीभमा दूतावास पुन: खोल्यो
बाइडेनद्वारा अमेरिकामा शिशुका आहार अभावलाई सम्बोधन गर्न रक्षा उत्पादन ऐन आह्वान
‘मेरो डान्स कप युएसएको’ चौथो संस्करण र ‘मेरो भ्वाइस कप युएसए’को दोस्रो संस्करण हुँदै
“कुन्ती मोक्तान साँझ “ को मिती परिबर्तन गरिएको बारे
अमेरिकी महिला भकुण्डो टोलीलाई पुरुष टोली सरह तलव दिने
प्रतिक्रिया