अमेरिकाको बाल्टिमोरबाट ईनेप्लीजले “पन्चेबाजा” को प्रत्यक्ष प्रशारण गर्ने
इनेप्लिज
२०७३ माघ १६ गते ११:४५ मा प्रकाशित

नौमती पन्चे बाजाको सबै सामानहरु नेपाल देखी अमेरिकासम्म म्याग्दीबासीहरुले ल्याएका हुन्। सात समुन्द्रपारी अमेरिकामा पनी नेपालको ठेट लोक संस्कृती मार्फत नेपाल चिनाऊनको लागी भनेर बडो दुख र खर्च गरेर पन्चे बाजाका सामानहरु हामीले नेपालदेखी अमेरिका ल्याएका हौँ – एक्स् ब्रिटिश गुर्खाज अफिसर क्याप्टेन दल बहादुर रोकाले बताए।
म्याग्दी समाज युएसए का अध्यक्ष राम प्रसाद भण्डारीका अनुसार बाल्टिमोर शहरको व्ह़ाईट मार्श पुलश्की हाईवे ४० मा अवस्थित पार्कर्स PARKERS नाम गरेको मोटेलको ब्यांक्वेट हलमा आज जनवरी २९ तारिखआईतबारको साँझ ५ बजे देखी म्याग्दी समाजको बार्षिक साधारण शभा हुनेछ। साधारण शभामा म्याग्दी समाजको नयाँ कार्यसमिती घोषणा हुँदैछ। बेलुकीको ८ बजे पे बार सहितको रात्रिभोज हुनेछ ,बेजुकी ९ बजे दे खि दोहोरी गायीकाहरु सृजना थापा र मंजु पुन संग बाल्टिमोरका ठिटाहरु दोहोरी गीतमा जम् ने छन् , दोहोरी पछी ” नौमती पन्चेबाजा ” मा सबै नाच् ने छन् –– समाजका ऊपाध्यक्ष अमर छन्त्यालले बताए।
वरिष्ठ लोकगायक तथा नेपाल सरकारका महाबाणिज्यदुत प्रेमराजा महतको प्रमुख आतिथ्यमा हुने म्याग्दी समाजको यस बार्षिक साधारण शभामा संघ संस्थाका अध्यक्षहरु र भर्खरै नेपालदेखी अमेरिका आऊनुभएका आदिबासी जनजाती महिला महासंघ नेपालकी केन्द्रिय ऊपाध्यक्ष नेपालको जनजाती महिला नेत्री कुसुम भट्टचन समारोहको अतिथी हुनेछन् – आयोजक संस्थाका महासचिब ईन्द्र बहादुर थापाले ईनेप्लीजलाई बताए। दोहोरी गीत र नौमती पन्चेबाजाको रामाईलो मध्येरात सम्मै चल्नेछ।
पन्चेबाजाको लाईभ प्रत्यक्ष प्रशारण हुने समय बेलुकीको ९ बजे पछी – वाशिंगटन डिसीको समय
नेपालको समय – सोमबारको बिहानको ८ बजे पछी
नेपालको समय – सोमबारको बिहानको ८ बजे पछी
जि पि एस मा हाल्ने कार्यक्रमस्थलको ठेगाना यहाँ छ :
Address : 11131 PULASKI Highway
WHITE MARSH, MD 21162
Date : 29 January 2017, SUNDAY
Time : 4.30 PM to 12.00 Mid-Night
For Contact : Ram Bhandari 410-530-6737
Amar Chhantyal 443-600-2138
Indra B Thapa 443-453-6540
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
भारतले रुसलाई एक्लो पार्ने दबाबको प्रतिरोध गरेपछि बाइडेनले मोदीसँग व्यक्तिगत रूपमा भेट गर्ने
क्यालिफोर्नियामा एक भोजमा गोली चल्दा १ जनाको मृत्यु, ८ घाइते
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकाको इन्डियानामा ‘लक्षित’ गोलाबारीमा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया