शुक्रबार, जेठ ६ २०७९
काठमाडौं ००:५७
वासिङटन डिसी 15:12

म्यारिल्याण्डमा सन्ध्याकालीन टहलमा निस्केकी भारतीय मूलकी महिलालाई प्रहरीको सोधपुछ

इनेप्लिज २०७३ माघ १६ गते २:५० मा प्रकाशित

गत जनवरी २७ तारिख अमेरिकाको मेरिल्याण्ड राज्यको वेल एयर शहरमा सन्ध्याकालीन समयमा टहलमा निस्केकी एक महिलालाई प्रहरीले सोधपुछ गरेको छ l वेल एयर प्रहरीले गहु गोरी वर्ण कि महिला लाई परिचय पत्र देखाऊ भन्दा आफु संग लिएर नहिडेको बताएकी थिइन् l

दक्षिण भारतीय कि अरविन्द पिल्लामरि नामक ति महिला आफ्नो घर वरपर हिड्ने क्रममा प्रहरीले सोधेको जनाएकी थिइन् l प्रहरीले किन आफ्नो परिचय पत्र साथमा नराख्नु भएको भन्दै तपाई अवैध रुपमा त हैन भनि प्रश्न ति महिलालाई गरेको कुरा सीबिएस बाल्टिमोर स्टेसन डब्लुजेजीटीबिले समाचार सम्प्रेषण गरेको छ l

उनले वेल एयर मा यस्तो हुन्छ भन्ने नसोचेको संचार कर्मीलाई बताइन l वेल एयर प्रहरी प्रमुख चार्ल्स मुर ले राष्ट्रियता सोध्नु असंबेदनशील हुन्छ तर जातिगत रुपरेखा हुदैन भने l प्रहरीले यो पत्ता लगाउने कोसिस गरेको बताउदै किन परिचय दिन हिच किचाएकोले अवैध भनि सोधिएको बताए l पिल्लामर्री अमेरिकन नागरिक हुन् l उनले स्थानीय स्तर मा नै सामाजिक न्याय सुरु भएकोमा गर्व गरेकी छिन् l

तस्बिर :सीबिएस

प्रतिक्रिया