न्युयोर्कमा दुई ईराकीलाई थुनिए पछि वकिल द्वारा अमेरिकन सरकार माथि मुद्धा दायर
इराक बाट अमेरिका आएका दुई ईराकी नागरिकलाई न्युयोर्कमा थुने पछि वकिल द्वारा अमेरिकन सरकार र राष्ट्रपति डोनाल्ड ट्रम्प माथि मुद्धा दायर गरेका छन् l अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेश दिदै ७ वटा मुस्लिम देशलाई ९० दिनको लागि यात्रा प्रतिबन्ध गरेका कारण उनीहरु लाई थुनिएको हुनाले थुनुवा परेका ईराकी को तर्फ मुद्धा दायर गरेको न्युयोर्क टाइम्सले समाचार लेखेको छ l
उनीहरुलाई गत जनवरी २७ तारिख शुक्रबार न्युयोर्कमा पक्राउ गरि थुनामा राखिएको कारण मुद्धा दायर भएको छ l न्यायालयको कागजात अनुसार दुवै जनालाई कानुनी रुपमा अमेरिका आउने स्वीकृत गरेको तर राष्ट्रपति ट्रम्पले शुक्रबार नै कार्यकारी आज्ञा दिएका थिए l
अधिवक्ताहरुले नजरबन्दी अवैध हो भन्दै सुनुवाईको माग गरेका छन् भने उनीहरुले सम्पूर्ण शरणार्थीको तर्फ बाट क्लास एक्सन (वर्गीकरण मुद्धा) अन्तर्गत मुद्दा दायर गर्ने भएका छन् l उनीहरुलाई जेकेएफ अन्तर राष्ट्रिय बिमान स्थल न्युयोर्कमा थुनिएको छ भने हमिद खालिद दार्विस तथा हैदर समिर अब्दुल कलेक ईराकी रहेको न्युयोर्क टाइम्सले जनाएको छ l
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया