न्युयोर्क विमानस्थलमा मुसलमान महिला माथि ट्रम्पको नाम लिदै अपशब्द तथा लात्ती प्रहार
न्युयोर्क जेएफके अन्तरराष्ट्रिय विमानस्थलमा म्यासाचुसेटस का एक यात्रीले डेल्टा हवाई जहाजका मुसलमान महिला कर्मचारी माथि दुर्ब्यबहार गरेका छन् l बिमान स्थलमा उनले ति महिला माथि अपशब्द र गाली गर्दै राष्ट्रपति ट्रम्प को नाममा उनलाई धम्कि दिएका छन् l
उनले राष्ट्रपति ट्रम्पले तिमिहरुलाई भगाउने छ भनि तथानाम गाली गर्दै ढोकामा लात्ती प्रहार गरे l डेल्टा हवाई जहाज कि मुसलमान महिला रबिया खान नाम गरेकी महिला काम गरि रहेको स्थानमा नजदिक आएर ति रोबिन रोड्स नाम यात्रीले दुर्ब्यबहार गरेको महिला कर्मचारीको वकिलले बताएका छन् l
पहिला ढोकामा लात्ती प्रहार त्यस पछि उनि बसी रहेको कुर्सीमा लात्ती हाने पछि मैले के गरे भनि सोधे पछि तिमिले केहि गरेकी छैनौ उनले जवाफ दिएका थिए l उनको खुट्टामा पनि लात्ती प्रहर गरेका थिए भनि एपी समाचारले लेखेको छ l
उनलाई अर्को मानिसले सम्झाउने प्रयास गरेका थिए भने उनि खान को नजिक पुगे पछि खान कार्यालय बाट दौडेर बाहिर गएकी थिइन् l खान लाई पछ्याउदै अपशब्द सम्म प्रयोग गरेका थिए l उनलाई प्रहरीले उनलाई पक्राउ गरेको छ l उनलाई दुर्ब्यबहार आचरण सम्बन्धि मुद्धा लगाइने महिला खान का वकिलले बताएका छन्
तस्बिर श्रोत :एपी
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया